Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 


८, असोज २०८३
  • 592
    SHARES
  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला महिला) पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

    सन्धिखर्कमा आयोजित पत्रकार भेटघाटमा उम्मेदवारी घोषणा गर्दै क्षेत्रीले महिला नेतृत्वको सशक्त उपस्थिति, लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षण, सुशासन, संगठन सुदृढीकरण र नयाँ पुस्ताको नेतृत्व विकासलाई आफ्नो राजनीतिक प्राथमिकताका रूपमा अघि सारेकी छन्।

    विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेकी क्षेत्रीले लामो समयदेखि कांग्रेसको संगठन निर्माण र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएको उल्लेख गर्दै पार्टीलाई समयअनुकूल र प्रभावकारी बनाउन अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच बलियो समन्वय आवश्यक रहेको बताइन्।

    महिला अधिकारका विषयमा पनि आफूले लामो समयदेखि निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै क्षेत्रीले २०५४ सालदेखि राष्ट्रिय दैनिकलगायत विभिन्न सञ्चारमाध्यममार्फत महिला अधिकार, समानता र सहभागिताका विषयमा विचार तथा लेखहरू सम्प्रेषण गर्दै आएको बताइन्।

    उनले महिलाको सहभागितालाई केवल प्रतिनिधित्वमा सीमित नराखी पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा प्रभावकारी भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

    “महिलाको सहभागिता संख्या पूरा गर्नका लागि मात्रै होइन, निर्णय गर्ने तहमा प्रभावकारी उपस्थिति हुनुपर्छ,” उनले भनिन्।

    क्षेत्रीले कांग्रेसलाई सुदृढ र जनमुखी बनाउन नीति, विचार र संगठनलाई समान रूपमा बलियो बनाउनुपर्ने धारणा राखिन्। लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणसँगै मुलुकमा सुशासन र जवाफदेहिता कायम गर्न कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

    नेपाल महिला संघकी पूर्व केन्द्रीय प्रवक्तासमेत रहेकी क्षेत्रीले कांग्रेसभित्र अनुभव र नयाँ पुस्ताको ऊर्जा प्रतिस्पर्धाका विषय नभई संगठन निर्माणका सहयात्री बन्नुपर्ने बताइन्। नयाँ पुस्तालाई अवसर दिँदै अनुभवी नेतृत्वको अनुभवलाई संस्थागत गर्न सके पार्टी थप सुदृढ बन्ने उनको धारणा छ।

    २०७० सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारसमेत रहेकी क्षेत्रीले आफूले हासिल गरेको राजनीतिक तथा संसदीय अनुभवलाई पार्टी संगठनको हितमा उपयोग गर्ने बताइन्। महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए महिला सहभागिता, नेतृत्व विकास, संगठन विस्तार र नीति निर्माणका विषयलाई प्रभावकारी रूपमा उठाउने उनको प्रतिबद्धता छ।

    क्षेत्रीले कांग्रेसलाई एकताबद्ध, समावेशी र जनतासँग थप नजिक जोडिएको संगठनका रूपमा अघि बढाउने आफ्नो प्राथमिकता रहेको बताउँदै १५औँ महाधिवेशनलाई पार्टीको भावी दिशा र नेतृत्व निर्माणका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने धारणा राखिन्।

    यस क्रममा उनले नयाँ पुस्ताको नेतृत्व, संगठनात्मक रूपान्तरण र लोकतान्त्रिक मूल्यको संरक्षणलाई कांग्रेसको आगामी यात्रासँग जोडेर अघि बढाउनुपर्ने बताइन्। गगनकुमार थापाले पनि १५औँ महाधिवेशनलाई एकताबद्ध र सहभागितामूलक ढंगले अघि बढाउनुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका छन्।

    लामो राजनीतिक अनुभव, महिला अधिकारका विषयमा निरन्तर सार्वजनिक बहसमा सहभागिता, संसदीय अनुभव र संगठन निर्माणमा सक्रियतालाई आधार बनाउँदै क्षेत्रीले खुला महिला महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीभित्र आफ्नो भूमिका थप प्रभावकारी बनाउने लक्ष्यसहित उम्मेदवारी अघि सारेकी हुन्।

    १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा असोज १२ गते महाधिवेशन प्रतिनिधिको निर्वाचन हुँदैछ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • ‘गगन नै सभापति बन्छन्, अन्योलमा नपर्नुस्’ : बालकृष्ण खाँण 

    बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आगामी १५औँ महाधिवेशनबाट गगनकुमार थापा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend