Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

१३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान


८, असोज २०८३
  • 69
    SHARES
  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।

    सिंहदरबारमा बिहीबार बसेको संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतहरूबारे सार्वजनिक सूचना जारी गर्दै १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

    समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार सिफारिसमा परेका व्यक्तिहरूका सम्बन्धमा कुनै सूचना, गुनासो वा उजुरी भए आधार र प्रमाणसहित १० दिनभित्र समितिमा पेस गर्न सकिनेछ। सर्वसाधारणले विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट आफ्ना उजुरी दर्ता गराउन सक्ने व्यवस्था मिलाइएको छ। प्रस्तावित व्यक्तिहरूबारे आम नागरिकलाई सुसूचित गराउन र प्रक्रियालाई पारदर्शी बनाउन सूचना प्रकाशित गरिएको सभापति श्रेष्ठले बताए।

    गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकालगायत १३ देशका लागि राजदूत नियुक्ति गर्ने निर्णय गर्दै नामावली सिफारिस गरेको थियो। संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिस समितिमा प्राप्त भएसँगै सुनुवाइको चरण आरम्भ भएको हो।

    समितिले प्राप्त उजुरीहरूमाथि अध्ययन गरेपछि प्रस्तावित राजदूतहरूसँग प्रत्यक्ष सुनुवाइ गर्नेछ। सुनुवाइ सकिएपछि समितिले नियुक्तिका लागि नाम अनुमोदन गर्ने वा नगर्नेबारे अन्तिम निर्णय लिनेछ।

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • संविधानको ११ वर्ष : संरचना बन्यो, अधिकार कार्यान्वयन र संघीयताको पूर्णतामा अझै चुनौती

    काठमाडौं । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको छ। २०७२ असोज ३ गते

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend