Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर


८, असोज २०८३
  • 96
    SHARES
  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड ‘नव लक्स’को ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन्। नव लक्स र रुषाबीच ब्रान्ड प्रवर्द्धनसम्बन्धी औपचारिक कागजी सम्झौतासमेत सम्पन्न भएको छ।

    नेपालमै उत्पादन हुँदै आएको नव लक्सले जनवरी २०२६ देखि बजारमा आफ्ना कस्मेटिक उत्पादन उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीका अनुसार हाल ब्रान्डअन्तर्गत फेसवास, मोइस्चराइजर, टोनर, एसपीएफ ५० सनस्क्रिन क्रिम, भिटामिन ‘सी’ सिरम र फुट क्रिम गरी ६ प्रकारका उत्पादन रहेका छन्।

    चलचित्र तथा म्युजिक भिडियोमा आफ्नो अभिनयमार्फत पहिचान बनाएकी रुषा पछिल्लो समय चलचित्र क्षेत्रमा पनि सक्रिय छिन्। उनी हाल छायांकन भइरहेको चलचित्र ‘म मदनकृष्ण’मा अभिनेत्रीका रूपमा काम गरिरहेकी छन्। यसअघि उनले ‘जन्ते बाख्रो’लगायतका फिचर फिल्ममा अभिनय गरिसकेकी छन्। साथै, उनले दर्जनौँ म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन्।

    ब्रान्ड एम्बेसडर बनेपछि रुषाले आफूले प्रयोग गर्दै आएको कस्मेटिक ब्रान्डसँग जोडिन पाउँदा खुसी लागेको बताइन्। उनका अनुसार आफूले प्रयोग र विश्वास गर्दै आएको उत्पादनको प्रवर्द्धनमा प्रत्यक्ष रूपमा जोडिन पाउनु गौरवको विषय हो।

    “म यो ब्रान्डसँग जोडिन पाउँदा आफैँमा खुसी छु। आफैँले प्रयोग गर्दै आएको कस्मेटिकको ब्रान्डसँग जोडिन पाउनु मेरा लागि गौरवको कुरा हो,” रुषाले भनिन्, “म यो ब्रान्डलाई माथि उठाउन र जनस्तरसम्म पुर्‍याउन मैले सकेको सबै प्रयास गर्नेछु।”

    रुषाको लोकप्रियता र नव लक्सको नेपाली बजारमा विस्तारलाई जोडेर ब्रान्डले आफ्नो पहुँच थप फराकिलो बनाउने अपेक्षा गरेको छ।

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ‘द राइज अफ साम्राज्य’मा सुशील श्रेष्ठको इन्ट्री, ठूलो स्केलको एक्सन ड्रामाको तयारी

    काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण हुन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र **द राइज अफ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend