Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

धौलीगङ्गा बाँध पुनः खोलिँदै, महाकालीमा जलस्तर बढ्न सक्ने चेतावनी


९, असोज २०८३
  • 63
    SHARES
  • धौलीगङ्गा बाँध पुनः खोलिँदै, महाकालीमा जलस्तर बढ्न सक्ने चेतावनी

    बैतडी । भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएपछि महाकाली नदीको जलस्तर बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

    भारतको एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसनबाट प्राप्त जानकारीअनुसार आइतबार राति १२ बजेदेखि सोमबार बिहान १० बजेसम्म सिल्ट सफाइका लागि परियोजनाको बाँधका ढोका खोलिने भएका छन्।

    बाँध खोल्ने क्रममा महाकाली नदीमा पानीको बहाव र जलस्तर बढ्न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो।

    बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालका अनुसार बाँध खोलिने अवधिमा नदी तटीय क्षेत्रमा रहेका स्थानीयलाई नदी किनारमा नजान र सतर्क रहन अनुरोध गरिएको छ। भारतीय पक्षले बाँध खोल्नुअघि नेपाली पक्षलाई आवश्यक जानकारी गराउने भएकाले सोहीअनुसार स्थानीय तहमा सतर्कता अपनाइने उनले बताइन्।

    धौलीगङ्गाको बाँध खोलिएपछि दार्चुलादेखि बैतडी, डडेल्धुरा र कञ्चनपुर हुँदै भारततर्फ बग्ने महाकाली नदीको तल्लो तटीय क्षेत्रमा पानीको सतह बढ्न सक्ने सम्भावना छ। त्यसैले नदी आसपासका बासिन्दा, यात्रु तथा नदीमा आवतजावत गर्ने सबैलाई जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ।

    यसअघि पनि गत साउन १३ गते धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध सिल्ट सफाइका लागि खोलिएको थियो। २८० मेगावाट क्षमताको उक्त परियोजनाको बाँध नियमित सफाइ तथा प्राविधिक व्यवस्थापनका लागि खोल्न लागिएको हो।

    प्रशासनले बाँध खोलिने समयलाई ध्यानमा राख्दै महाकाली नदीको बहाव बढ्न सक्ने सम्भावित क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन तथा आकस्मिक अवस्था आएमा सम्बन्धित सुरक्षा निकायलाई तत्काल खबर गर्न आग्रह गरेको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend