Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा


११, असोज २०८३
  • 79
    SHARES
  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज १३ जिल्लामा हुँदैछ l 

    अत्यधिक वर्षाका कारण असोज १० गतेका लागि निर्धारित अधिवेशन प्रभावित भएपछि केन्द्रीय निर्वाचन समितिले स्थानीय मौसम र परिस्थितिअनुसार असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्ने विकल्प दिएको थियो।

    केन्द्रीय निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालका अनुसार आज झापा, मोरङ, काठमाडौं, म्याग्दी, बागलुङ, अर्घाखाँची, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालिकोट र सुर्खेतमा क्षेत्रीय अधिवेशन हुँदैछ। भोलि असोज १२ गते २९ जिल्लामा तथा असोज १३ गते थप ६ जिल्लामा अधिवेशन गर्ने तयारी छ। इलाममा भने असोज १४ गते अधिवेशन गर्ने तय भएको छ।

    यसअघि मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ। केही जिल्लामा निर्वाचन प्रक्रिया यसअघि नै सुरु भइसकेको छ।

    महाधिवेशन प्रतिनिधिका लागि मुख्य प्रतिस्पर्धा

    कांग्रेसको क्षेत्रीय अधिवेशनलाई यसपटक विशेष महत्वका साथ हेरिएको छ। संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति चयनसँगै केन्द्रीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत निर्वाचित हुने भएकाले नेतादेखि युवा पुस्तासम्मको प्रतिस्पर्धा तीव्र बनेको छ।

    महाधिवेशन प्रतिनिधि बन्ने प्रतिस्पर्धामा केन्द्रीय तहका नेता, जिल्ला तथा स्थानीय तहका पदाधिकारी, युवा पुस्ता, पेशाकर्मी तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरू मैदानमा छन्। 

    उम्मेदवारहरूले क्षेत्रीय प्रतिनिधिमार्फत मत माग्न फोन, एसएमएस तथा सामाजिक सञ्जालको प्रयोग बढाएका छन्। प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ३३ जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ। त्यसमा महिला, खुला, युवा, समानुपातिक तथा विभिन्न समावेशी समूहको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

    महासमिति सदस्य पनि क्षेत्रीय अधिवेशनबाटै

    क्षेत्रीय अधिवेशनबाटै महासमिति सदस्यसमेत चयन हुनेछन्। प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट महिला, खुला, युवा तथा जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व हुने गरी १२ जना महासमिति सदस्य चयन हुने व्यवस्था छ।

    यसकारण क्षेत्रीय अधिवेशन केवल क्षेत्रीय नेतृत्व चयनको प्रक्रिया नभई आगामी महाधिवेशनको नेतृत्व संरचना निर्माण गर्ने महत्वपूर्ण चरणका रूपमा रहेको छ।

    क्षेत्रीय कार्यसमितिमा यस्तो छ व्यवस्था

    प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक-एक जना निर्वाचित हुनेछन्। सहसचिवमा एक महिलासहित दुई जना रहनेछन् भने कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था छ।

    कार्यसमिति सदस्यतर्फ १८ जना निर्वाचित हुनेछन्। प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’बाट एक महिला र दुई खुलासहित तीन-तीन जना गरी छ जना, खुलातर्फ एक महिलासहित चार जना, युवातर्फ एक महिलासहित दुई जना तथा जनसंख्याका आधारमा समानुपातिकतर्फ छ जना निर्वाचित हुने व्यवस्था छ। थप छ जनालाई कार्यसमिति सदस्यमा मनोनयन गर्न सकिने व्यवस्था छ।

    प्रदेशसभा क्षेत्रमा पनि नेतृत्व र प्रतिनिधि छनोट

    प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनले ‘क’ र ‘ख’ दुवै क्षेत्रमा क्षेत्रीय कार्यसमिति तथा प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गर्नेछ।

    प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति र सचिव एक-एक जना तथा सहसचिवमा एक महिलासहित दुई जना निर्वाचित हुनेछन्। कोषाध्यक्ष भने कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिको प्रस्तावमा मनोनयन गर्ने व्यवस्था छ।

    असोज १६ देखि केन्द्रीय महाधिवेशन

    कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तयारी छ। पार्टीको आधिकारिक निर्वाचन तालिकाअनुसार महाधिवेशनको मुख्य चरणअघि वडा, पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय तह हुँदै नेतृत्व र प्रतिनिधि चयनको प्रक्रिया अघि बढिरहेको छ।

    यसपटक क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको मतले आगामी केन्द्रीय नेतृत्व चयनमा प्रत्यक्ष भूमिका खेल्ने भएकाले अहिलेको क्षेत्रीय निर्वाचनलाई कांग्रेसको १५औँ महाधिवेशनको निर्णायक आधार तहका रूपमा हेरिएको छ।

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ‘गगन नै सभापति बन्छन्, अन्योलमा नपर्नुस्’ : बालकृष्ण खाँण 

    बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आगामी १५औँ महाधिवेशनबाट गगनकुमार थापा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend