Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो


१२, असोज २०८३
  • 48
    SHARES
  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला क्रेनको सहयोगमा सुरक्षित रूपमा निकालिएको छ।

    बाढीका कारण पुलभन्दा केही माथि रोकिराखिएको क्रुज बग्दै नारायणी पुलको पिलरमा अड्किएको थियो। क्रुज निकाल्ने क्रममा पुलमा कुनै क्षति नहोस् भन्ने उद्देश्यले प्राविधिक टोली परिचालन गरिएको थियो। प्राविधिकको निगरानीमा दुई ठूला क्रेन प्रयोग गरी क्रुजलाई पिलरबाट निकालिएको हो।

    नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा गत माघ १८ गतेदेखि राइनो क्रुज सञ्चालनमा आएको थियो। नवलपुर तथा आसपासका पर्यटकीय क्षेत्रलाई नयाँ र सम्भावनायुक्त गन्तव्यका रूपमा विकास गर्ने योजनासहित राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा करिब ५० करोड रुपैयाँ लगानी गरेका थिए।

    साढे दुई तले क्रुज ९५ फिट लामो र २१ फिट चौडा रहेको छ। यसमा एकपटकमा करिब २०० जनासम्म यात्रु राख्न सक्ने क्षमता रहेको थियो।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • सोमबार देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार असोज १२ गते देशभर आंशिक बदली रहनेछ। हिमाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend