Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल


१३, असोज २०८३
  • 155
    SHARES
  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले अधिवेशनको उद्घाटन गर्दै पार्टीलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउँदै नयाँ पुस्ताको भावना समेटेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति भुसालले नेपाली कांग्रेसको शक्ति नै लोकतान्त्रिक मूल्य, कार्यकर्ताको एकता र जनतासँगको बलियो सम्बन्ध भएको बताउनुभयो। उहाँले अधिवेशनलाई नेतृत्व चयनको प्रक्रियामा मात्र सीमित नगरी पार्टीको आगामी दिशा, नीति र संगठन निर्माणका विषयमा गम्भीर बहस गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो।

    “कांग्रेसलाई अझ बलियो र जनतासँग जोडिएको पार्टीका रूपमा अघि बढाउन सबै तहका नेता तथा कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्छ,” उहाँले भन्नुभयो, “अधिवेशनले पार्टीभित्र नयाँ ऊर्जा, नयाँ सोच र नयाँ जिम्मेवारीको वातावरण निर्माण गर्नुपर्छ।”

    कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य कमल प्रसाद भुसाल, लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु प्रसाद खनाल ‘मुस्कान’ र नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठ,मुख्य निर्वाचन अधिकृत अधिबक्ता अन्जु रेग्मी लगायतले मन्तव्य राख्नुभएको थियो।

    वक्ताहरूले १५औँ महाधिवेशनले पार्टीलाई संगठनात्मक रूपमा थप मजबुत बनाउँदै आगामी राजनीतिक चुनौती सामना गर्न सक्षम नेतृत्व र स्पष्ट कार्यदिशा निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो। उनीहरूले पार्टीभित्रको आन्तरिक एकता, संगठन सुदृढीकरण र जनताको विश्वास पुनः मजबुत बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

    अधिवेशनमा जिल्लाका विभिन्न पालिका तथा निर्वाचन क्षेत्रबाट आएका क्षेत्रीय प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। प्रतिनिधिहरूको उल्लासपूर्ण उपस्थितिले अर्घाखाँची कांग्रेसको अधिवेशनमा देखिएको राजनीतिक सक्रियता र संगठनात्मक उत्साहलाई थप स्पष्ट पारेको थियो।

    कार्यक्रमको अध्यक्षता राजेश पन्थीले गर्नुभएको थियो भने सञ्चालन सुरज रायमाझीले गर्नुभएको थियो। कार्यक्रमको संयोजन प्रदेश क र ख ले आयोजना गरेको थियो ।

    १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा जिल्ला तहको अधिवेशनसँगै पार्टीको आगामी नेतृत्व, संगठन सुदृढीकरण र भावी राजनीतिक दिशाबारे बहससमेत अघि बढेको छ।

    WhatsApp Image 2026-09-29 at 9.12.43 AM.jpeg

    WhatsApp Image 2026-09-29 at 9.13.00 AM.jpeg

    WhatsApp Image 2026-09-29 at 9.13.02 AM.jpeg

    WhatsApp Image 2026-09-29 at 9.13.01 AM.jpeg

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend