Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाढीले सिंगा तातोपानी कुण्डमा ठूलो क्षति, मुख्य स्नान याममै बन्द

१३, असोज २०८३
  • 56
    SHARES
  • बाढीले सिंगा तातोपानी कुण्डमा ठूलो क्षति, मुख्य स्नान याममै बन्द

    म्याग्दी । अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढी र पहिरोले बेनी नगरपालिका–४ स्थित प्रसिद्ध सिंगा तातोपानी कुण्डमा ठूलो क्षति पुर्‍याएको छ। कुण्डका पोखरी तथा आवश्यक भौतिक संरचनामा क्षति पुगेपछि प्राकृतिक उपचारका लागि चर्चित तातोपानी कुण्ड तत्कालका लागि बन्द गरिएको छ।

    बाढीले बिरामीले उपचारका लागि स्नान गर्ने ठूलो तथा उपल्लो पोखरीमा लेदो र हिलो थुपारेको छ भने पर्यटकका लागि सञ्चालन गरिएको सानो पोखरीसमेत भत्काएको छ। कपडा परिवर्तन गर्ने भवन, तातोपानी भण्डारण गर्ने ट्याङ्की राखिएको भवन तथा खुला स्नानस्थल पहिरोले पुरिएका छन्।

    सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काका अनुसार भौतिक संरचनामा क्षति पुगेकाले अहिले स्नान गर्न सकिने अवस्था छैन। कुण्डमा थुप्रिएको हिलो र लेदो हटाएर सकेसम्म छिटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए।

    समितिको बैठकले स्थानीयवासीको श्रमदानमार्फत पोखरीमा थुप्रिएको लेदो तथा हिलो हटाउने निर्णय गरेको छ। कुण्डको पुनःस्थापना तथा भौतिक संरचनाको मर्मतका लागि स्थानीय तहसँगै प्रदेश र सङ्घीय सरकारबाट सहयोग आवश्यक रहेको समितिले जनाएको छ।

    मुख्य स्नान याममै कुण्ड बन्द भएपछि तातोपानी बजारसमेत प्रभावित भएको छ। असोज–कात्तिकमा यहाँ स्नान गर्न आउनेको संख्या उल्लेख्य हुने भएकाले होटल, रेष्टुरेन्ट तथा होमस्टे व्यवसायीसमेत प्रभावित भएका छन्।

    सिंगा तातोपानी कुण्डमा नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट समेत वार्षिक २० हजारभन्दा बढी मानिस प्राकृतिक उपचारका लागि आउने गरेका छन्। म्याग्दी नदी किनारमा प्राकृतिक रूपमा निस्कने करिब ५० डिग्री सेल्सियस तापक्रमको तातोपानीमा वीरेनुनको गन्ध आउने भएकाले यसको छुट्टै पहिचान बनेको छ।

    व्यवस्थापन समितिका अनुसार उक्त तातोपानीमा स्नान गर्दा छाला, ग्यास्ट्रिक, बाथ तथा चोटपटकसम्बन्धी समस्या निको हुने जनविश्वास छ। असोजदेखि वैशाखसम्म यहाँ स्नान गर्ने मुख्य याम मानिन्छ।

    बाढीले मुख्य याममै कुण्ड बन्द भएपछि स्थानीय व्यवसायमा परेको असर कम गर्न तथा पर्यटकीय एवं प्राकृतिक उपचारस्थललाई पुनः सञ्चालनमा ल्याउन तत्काल पुनर्निर्माण र संरक्षणको काम अघि बढाउनुपर्ने अवस्था देखिएको छ।

    अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढी र पहिरोले बेनी नगरपालिका–४ स्थित प्रसिद्ध सिंगा तातोपानी कुण्डमा ठूलो क्षति पुर्‍याएको छ। कुण्डका पोखरी तथा आवश्यक भौतिक संरचनामा क्षति पुगेपछि प्राकृतिक उपचारका लागि चर्चित तातोपानी कुण्ड तत्कालका लागि बन्द गरिएको छ।

    बाढीले बिरामीले उपचारका लागि स्नान गर्ने ठूलो तथा उपल्लो पोखरीमा लेदो र हिलो थुपारेको छ भने पर्यटकका लागि सञ्चालन गरिएको सानो पोखरीसमेत भत्काएको छ। कपडा परिवर्तन गर्ने भवन, तातोपानी भण्डारण गर्ने ट्याङ्की राखिएको भवन तथा खुला स्नानस्थल पहिरोले पुरिएका छन्।

    सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काका अनुसार भौतिक संरचनामा क्षति पुगेकाले अहिले स्नान गर्न सकिने अवस्था छैन। कुण्डमा थुप्रिएको हिलो र लेदो हटाएर सकेसम्म छिटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए।

    समितिको बैठकले स्थानीयवासीको श्रमदानमार्फत पोखरीमा थुप्रिएको लेदो तथा हिलो हटाउने निर्णय गरेको छ। कुण्डको पुनःस्थापना तथा भौतिक संरचनाको मर्मतका लागि स्थानीय तहसँगै प्रदेश र सङ्घीय सरकारबाट सहयोग आवश्यक रहेको समितिले जनाएको छ।

    मुख्य स्नान याममै कुण्ड बन्द भएपछि तातोपानी बजारसमेत प्रभावित भएको छ। असोज–कात्तिकमा यहाँ स्नान गर्न आउनेको संख्या उल्लेख्य हुने भएकाले होटल, रेष्टुरेन्ट तथा होमस्टे व्यवसायीसमेत प्रभावित भएका छन्।

    सिंगा तातोपानी कुण्डमा नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट समेत वार्षिक २० हजारभन्दा बढी मानिस प्राकृतिक उपचारका लागि आउने गरेका छन्। म्याग्दी नदी किनारमा प्राकृतिक रूपमा निस्कने करिब ५० डिग्री सेल्सियस तापक्रमको तातोपानीमा वीरेनुनको गन्ध आउने भएकाले यसको छुट्टै पहिचान बनेको छ।

    व्यवस्थापन समितिका अनुसार उक्त तातोपानीमा स्नान गर्दा छाला, ग्यास्ट्रिक, बाथ तथा चोटपटकसम्बन्धी समस्या निको हुने जनविश्वास छ। असोजदेखि वैशाखसम्म यहाँ स्नान गर्ने मुख्य याम मानिन्छ।

    बाढीले मुख्य याममै कुण्ड बन्द भएपछि स्थानीय व्यवसायमा परेको असर कम गर्न तथा पर्यटकीय एवं प्राकृतिक उपचारस्थललाई पुनः सञ्चालनमा ल्याउन तत्काल पुनर्निर्माण र संरक्षणको काम अघि बढाउनुपर्ने अवस्था देखिएको छ।

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • दसैँ–तिहारअघि झापामा बजार अनुगमन तीव्र, कालोबजारी रोक्न सहुलियतमा खाद्यान्न बिक्री

    झापा । दसैँ, तिहार तथा छठ पर्व नजिकिएसँगै झापामा खाद्यान्नको कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी

  • पूर्वराष्ट्रपति भण्डारी रुपन्देहीमा, आज अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन गर्ने

    बुटवल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देही आइपुगेकी छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा आयोजना गरेको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०

    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634

    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend