Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पूर्वराष्ट्रपति भण्डारी रुपन्देहीमा, आज अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन गर्ने


१३, असोज २०८३
  • 49
    SHARES
  • पूर्वराष्ट्रपति भण्डारी रुपन्देहीमा, आज अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन गर्ने

    बुटवल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देही आइपुगेकी छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा आयोजना गरेको अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्न भण्डारी रुपन्देही आएकी हुन्।

    मौसम प्रतिकूल भएपछि सोमबार हुने भनिएको प्रतियोगिताको उद्घाटन कार्यक्रम आजका लागि सारिएको हो। भण्डारी भने सोमबार राति नै रुपन्देही आइपुगेकी थिइन्।

    एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार भण्डारीले आज दिउँसो १ बजे प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ। त्यसअघि उनले एमाले रुपन्देहीको पार्टी कार्यालयमा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नेछिन्।

    प्रतियोगिताको उद्घाटनपछि भण्डारी आजै काठमाडौं फर्कने कार्यक्रम रहेको गैरेले जानकारी दिएका छन्।

    मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा बुटवलमा भइरहेको प्रतियोगितामा विभिन्न देशका पुरुष भलिबल टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको उद्घाटनसँगै खेल गतिविधि औपचारिक रूपमा अघि बढ्नेछ।

     
     
     

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • दसैँ–तिहारअघि झापामा बजार अनुगमन तीव्र, कालोबजारी रोक्न सहुलियतमा खाद्यान्न बिक्री

    झापा । दसैँ, तिहार तथा छठ पर्व नजिकिएसँगै झापामा खाद्यान्नको कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी

  • बाढीले सिंगा तातोपानी कुण्डमा ठूलो क्षति, मुख्य स्नान याममै बन्द

    म्याग्दी । अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढी र पहिरोले बेनी नगरपालिका४ स्थित प्रसिद्ध सिंगा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend