Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम


१३, असोज २०८३
  • 41
    SHARES
  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि भएको छ भने १२ जना अझै बेपत्ता छन्। करिब ५ हजार २०० मिटरको उचाइमा गएको हिमपहिरोपछि बेपत्ताको खोजी तथा उद्धार कार्य उच्च जोखिमका कारण जटिल बनेको छ।

    आइतबार गएको हिमपहिरोमा परी वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको मृत्यु भएको पुष्टि भएको नेपाल राष्ट्रिय पर्वतीय गाइड संघले जनाएको छ। खोजीका क्रममा आइतबार दुई तथा सोमबार थप दुई जनाको शव फेला परेको थियो।

    मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार हिमपहिरोमा बेपत्ता भएका १२ जना हिउँभित्र पुरिएको आशंका गरिएको छ। तर घटनास्थलमा ठूलो हिमपहिरो गएको र पुनः हिमपहिरो खस्ने जोखिम कायम रहेकाले खोजी कार्यलाई निरन्तरता दिन कठिन भएको प्रशासनले जनाएको छ।

    उद्धारमा खटिएका टोलीले हिउँ करिब आठ फिटसम्म खनेर खोजी गरे पनि बेपत्ताको अवस्था पत्ता लगाउन सकेका छैनन्। थप खन्ने कार्य अहिले जोखिमपूर्ण रहेकाले तत्काल खोजी अघि बढाउन कठिन भएको उद्धारकर्मीले बताएका छन्। हिउँ नपग्लिएसम्म सुरक्षित रूपमा खोजी गर्न कठिन हुने अवस्था रहेको जनाइएको छ।

    सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार मंगलबार घटनास्थलमा थप खोज तथा उद्धार कार्यक्रम तय गरिएको छैन। उच्च हिमाली क्षेत्रको भौगोलिक अवस्था, अत्यधिक हिउँ तथा पुनः हिमपहिरोको जोखिमका कारण तालिमप्राप्त उद्धारकर्मीसमेत तत्काल थप खोजीमा परिचालन गर्न कठिन भएको प्रशासनले जनाएको छ।

    हिमपहिरोमा परेका कामदारको खोजी तथा उद्धार सम्बन्धित कम्पनीले नै गरिरहेको छ। स्थानीय प्रशासनले आवश्यक समन्वय गरिरहेको छ भने उच्च हिमाली क्षेत्रमा खोजीका लागि तालिमप्राप्त जनशक्तिसमेत परिचालन गरिएको थियो।

    काठमाडौँका दुई पर्यटन कम्पनीबाट हिमलुङ क्षेत्रमा बेसक्याम्प निर्माणका लागि गएका २७ जना नेपाली कामदार हिमपहिरोमा परेका थिए। तीमध्ये ११ जना सकुशल फर्किएका छन् भने चार जनाको शव फेला परेको छ। बाँकी १२ जनाको अवस्था अझै अज्ञात छ।

    उच्च हिमाली क्षेत्रमा मौसम तथा भौगोलिक अवस्था प्रतिकूल रहेकाले तत्काल उद्धार अघि बढाउन नसकिएको हो। त्यसैले बेपत्ताको खोजीका लागि जोखिम कम हुने अनुकूल मौसम र सुरक्षित भौगोलिक अवस्था पर्खनुपर्ने अवस्था देखिएको छ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • दसैँ–तिहारअघि झापामा बजार अनुगमन तीव्र, कालोबजारी रोक्न सहुलियतमा खाद्यान्न बिक्री

    झापा । दसैँ, तिहार तथा छठ पर्व नजिकिएसँगै झापामा खाद्यान्नको कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend