Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था


१३, असोज २०८३
  • 96
    SHARES
  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि मतगणनाका लागि सर्वपक्षीय सहमति गरिएको छ।

    मतगणनालाई व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउन उम्मेदवार तथा प्रतिनिधिहरूको सहमतिमा विभिन्न कार्यविधि तय गरिएको हो। 

    सहमतिअनुसार मतपत्र तथा मतपेटिकाको सिलबन्दी सुरक्षित रूपमा राखी निर्धारित स्थानमै  मतगणना सुरु गरिनेछ। सहमतिका मुख्य बुँदाहरूमा मतगणना स्थलमा सम्बन्धित उम्मेदवार वा उहाँका तर्फबाट एक जना मात्र प्रतिनिधि/वारिस उपस्थित हुन पाउने, मतपत्र गणना तोकिएको स्थानमै गर्ने तथा अन्य स्थानमा लगिएका वा भेटिएका मतपत्र सम्बन्धित मतगणना स्थलमै ल्याएर गणना गर्ने व्यवस्था गरिएको छ।

    त्यस्तै, मतपत्रमा मतदानको स्पष्टता नदेखिने वा निर्धारित मापदण्ड पूरा नगर्ने मतलाई अमान्य मानिने सहमति भएको छ। मतगणना स्थलभित्र अनधिकृत व्यक्ति प्रवेश गर्न तथा गणनाको क्रममा अवाञ्छित गतिविधि गर्न नपाइने व्यवस्था पनि गरिएको छ।

    मतगणनाका क्रममा प्रत्येक ५०० मत गणना सम्पन्न भएपछि बाहिर आवश्यक जानकारी गराउने व्यवस्था मिलाइएको छ। मतगणना स्थलमा उम्मेदवार वा प्रतिनिधिले तोकिएको स्थान र नियम पालना गर्नुपर्ने तथा मोबाइललगायतका उपकरणको प्रयोगमा समेत आवश्यक नियन्त्रण गरिने सहमति भएको छ।

    मतगणनाका क्रममा कुनै विषयमा द्विविधा वा विवाद उत्पन्न भएमा निर्वाचनसम्बन्धी नियम, निर्देशिका तथा स्वीकृत कार्यविधिअनुसार निर्णय गर्ने सहमति गरिएको छ।

    निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएसँगै अब सहमतिअनुसार मतगणना अघि बढाइने भएको छ।  मतगणना प्रक्रियालाई व्यवस्थित, विश्वसनीय र पारदर्शी हुने कुरामा सबैलाई बिश्वस्त रहन आग्रह मुख्य निर्वाचन अधिकृत अन्जु रेग्मीले बताउनु भएको छ ।

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • दसैँ–तिहारअघि झापामा बजार अनुगमन तीव्र, कालोबजारी रोक्न सहुलियतमा खाद्यान्न बिक्री

    झापा । दसैँ, तिहार तथा छठ पर्व नजिकिएसँगै झापामा खाद्यान्नको कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend