Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गृह मन्त्रालयमा ठूलो सरुवा–पदस्थापन, चार जिल्लाका सीडीओ फेरिए


१४, असोज २०८३
  • 5
    SHARES
  • गृह मन्त्रालयमा ठूलो सरुवा–पदस्थापन, चार जिल्लाका सीडीओ फेरिए

    काठमाडौँ । गृह मन्त्रालयले चार प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित आठ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ।

    मन्त्रालयको २०८३ असोज १२ गतेको निर्णयअनुसार रामेछापका प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। यस्तै, प्युठानका प्रमुख जिल्ला अधिकारी शान्ति राज प्रसाईंलाई सिराहाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

    गृह मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत मोतीराम सापकोटालाई गुल्मीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ भने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई गृह मन्त्रालय वा अन्तर्गत सहसचिवमा सरुवा गरिएको छ।

    यसैगरी गृह मन्त्रालयका सहसचिव तुलसीबहादुर श्रेष्ठलाई डोटीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ। डोटीकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई गृह मन्त्रालय वा अन्तर्गत उपसचिवमा सरुवा गरिएको छ।

    गृह मन्त्रालयमा उपसचिव रहेका भक्तीराम मरासिनीलाई अर्घाखाँचीको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ। अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद घिमिरेलाई भने गृह मन्त्रालय वा अन्तर्गत उपसचिवमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

    एकै निर्णयबाट चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।

  • महासभामा नेपालको जलवायु एजेन्डा उठाउँदै परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै अमेरिका पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend