Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महासभामा नेपालको जलवायु एजेन्डा उठाउँदै परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता


१४, असोज २०८३
  • 43
    SHARES
  • महासभामा नेपालको जलवायु एजेन्डा उठाउँदै परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै अमेरिका पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् ।

    महासभा तथा त्यसअन्तर्गत आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम, द्विपक्षीय भेटवार्ता र छलफलमा सहभागी भएर मन्त्री खनाल बुधबार बिहान काठमाडौँ आइपुगेका हुन् । उनी महासभामा सहभागी हुन असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए ।

    भ्रमणका क्रममा मन्त्री खनालले नेपालका तर्फबाट ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ विषयक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रममार्फत नेपालले जलवायु परिवर्तनका कारण हिमालदेखि समुद्रसम्म परेको प्रभाव तथा जलवायु उत्थानशील भविष्य निर्माणका लागि आवश्यक अन्तरराष्ट्रिय सहकार्यको विषयलाई प्राथमिकताका साथ उठाएको थियो ।

    महासभाकै अवसरमा मन्त्री खनालले विभिन्न मुलुकका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपालका प्राथमिकता, आपसी हित तथा साझा चासोका विषयमा छलफल गरेका थिए । विभिन्न उच्चस्तरीय कार्यक्रममा नेपालको सहभागितामार्फत अन्तरराष्ट्रिय समुदायसमक्ष नेपालको दृष्टिकोण र प्राथमिकता प्रस्तुत गर्ने अवसरसमेत प्राप्त भएको थियो ।

    परराष्ट्र मन्त्रालयका अनुसार महासभामा नेपालको सक्रिय सहभागिता, उच्चस्तरीय भेटवार्ता तथा द्विपक्षीय छलफलले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुगेको छ । मन्त्री खनालको भ्रमणबाट अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थिति, चासो र प्राथमिकतालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।

  • गृह मन्त्रालयमा ठूलो सरुवा–पदस्थापन, चार जिल्लाका सीडीओ फेरिए

    काठमाडौँ । गृह मन्त्रालयले चार प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित आठ जना कर्मचारीको सरुवा तथा

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend