Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कागतीको बजार खोजी गर्दै ज्ञान केन्द्र


२३, साउन २०८०
  • 166
    SHARES
  • कागतीको बजार खोजी गर्दै ज्ञान केन्द्र

    तनहुँ । तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको बारेमा यही साउन २१ गते समाचार प्रकाशित भएपछि ज्ञान केन्द्रले बजारीकरणका लागि पहल थालेको हो । 

    कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान केन्द्रले बजारको खोजीमा सहजीकरण गरेको हो ।  केन्द्र प्रमुख कुलप्रसाद तिवारीले आफ्नो नेतृत्वमा कालीमाटी तरकारी तथा फलफूल बजार समितिको कार्यकारी निर्देशक र कागतीका मुख्य व्यवसायीसँग यसबारेमा छलफल गरेको जानकारी दिनुभयो । 

    उहाँले फलफूल समितिको कार्यकारी निर्देशक डिपी पुडासैनी र व्यवसायी हरिप्रसाद शर्मासँग तनहुँमा उत्पादित कागती विक्री वितरणको व्यवस्था मिलाउन आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कागतीले बजार नपाएपछि किसान समस्यामा  परेकाले बजारको सहजीकरणको पहल गरेका हौ । छलफल सकारात्मक भएको छ ।”

    छलफलका क्रममा गुणस्तरीय कागती उत्पादन हुन सके फलफूल बजारले कागती खरिद गर्ने विषयमा सहमति समेत भएको छ । समितिको कार्यकारी निर्देशक पुडासैनीले यहाँ दैनिक १५ हजार कागतीको माग रहेको र अधिकांश कागती भारतबाट आउने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “९५ प्रतिशत भारतीय कागती आउँछ, नेपाली कागती आउन सके किसानले राम्रो मूल्य पाउन सक्छन् ।”

    कागतीका मुख्य व्यवसायी शर्माका अनुसार कालीमाटी तरकारी बजारमा किसानले कागती विक्री गर्दा प्रति किलो रु एक सयदेखि रु एक सय २० प्राप्त गर्न सक्नेछन् । उहाँका अनुसार टिपेको चार/पाँच दिनसम्म ल्याउँदा मूल्य राम्रो पाउने र त्यसपछि ल्याएको कागतीको गुणस्तर कम हुने भएकाले मूल्यमा समस्या हुने गरेको छ । 

    देवघाट देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गर्नुभएको छ । विदेशबाट फर्किएर कागती खेती सुरु गर्नुभएका उहाँले कागती विक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “स्वदेशमै केही गरौं भन्ने भावनासहित यो पेशामा लागेको छु, बजार खोज्दै भौतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।”

    पाँच वर्ष अगाडीदेखि कागती खेती सुरु गर्नुभएका ठकुरीले पछिल्ला दुई वर्ष यता कागती विक्री गर्न थाल्नुभएको छ । गत वर्ष पहिलो पटक रु ७० हजारको कागती विक्री भएको उहाँले बताउनुभयो । यो वर्ष सात सय केजी विक्रीका लागि तयार भएका छन् । 

    भारतबाट आउने कागतीका कारण स्थानीय स्तरमा उत्पादित कागतीले बजार नपाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “स्वदेशमै केही गरौं भन्ने लक्ष्य सहित लागेको छु, बजार नपाउँदा निराश भएपनि आँट मारिसकेको छैन ।” 

    कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा कागतीखेतीतर्फ कृषकको आकर्षण बढेको छ । केन्द्रले कागती खेती कृषकलाई बगैंचासम्म पुगेर आवश्यक परामर्श दिने गरेको छ ।

    कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा जिल्ला रु २० लाख मूल्य बराबरका कागती उत्पादन भएका छन् । पाँच सय हेक्टर क्षेत्रफलमा कागती खेती गरिएकामा चार सय ५० मेट्रिक टन कागती उत्पादन भएको छ । 

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend