Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जेसिबीले सडक खन्ने क्रममा ढिस्को खस्दा तीन जना पुरिए


१९, असोज २०८३
  • 87
    SHARES
  • जेसिबीले सडक खन्ने क्रममा ढिस्को खस्दा तीन जना पुरिए

    बागलुङ । निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक स्तरोन्नतिका क्रममा माटोको ढिस्को खस्दा तीन जना कामदार पुरिएका छन्।

    झिवाखोलाबाट बोहरागाउँ जाने भित्री सडकखण्डमा सोमबार बिहान सडक खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर काम गरिरहेका तीन जना पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फडिन्द्र प्रसाईंले जानकारी दिए।

    प्रहरीका अनुसार स्थानीय चालक भद्र मल्लले चलाएको लु१क ३४४६ नम्बरको जेसिबीले सडक स्तरोन्नतिको काम गरिरहेका बेला ढिस्को खसेको हो।

    ढिस्कोमा पुरिनेमा लालबहादुर बुढाथोकी, राजु थापा मगर र कृष्णबहादुर घर्ती रहेका छन्। घर्तीलाई गम्भीर अवस्थामा उद्धार गरिएको छ भने अन्य दुई जनाको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    घटनापछि प्रहरी तथा स्थानीयको टोली उद्धारमा परिचालन भएको छ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend