Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसको १५औँ महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, २९७ सदस्यीय कार्यसमिति बन्दै


२०, असोज २०८३
  • 74
    SHARES
  • कांग्रेसको १५औँ महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, २९७ सदस्यीय कार्यसमिति बन्दै

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। पार्टीको नयाँ नेतृत्व चयनका लागि देशभरबाट आएका ७ हजार ११४ महाधिवेशन प्रतिनिधि निर्वाचन प्रक्रियामा सहभागी हुँदैछन्।

    निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन फारम वितरण सुरु गरेको छ। निर्वाचन समितिका सदस्य–सचिव राजु कटवालका अनुसार उम्मेदवारहरूले निर्धारित प्रक्रिया पूरा गरी मनोनयन दर्ता गर्न सक्नेछन्।

    महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा सार्वजनिक गरिएको छ। उम्मेदवारी दिन इच्छुक प्रतिनिधिले सभागृह परिसरमै प्रभु बैंकका कर्मचारीमार्फत निर्धारित शुल्क बुझाएर मनोनयन प्रक्रियामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

    निर्वाचन समितिका अनुसार दिउँसो १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ। यससँगै कांग्रेसको नयाँ नेतृत्वका लागि सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने नेताहरू औपचारिक रूपमा मैदानमा उत्रिनेछन्।

    यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको आकारमा उल्लेख्य वृद्धि गरेको छ। सोमबार पारित संशोधित विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमितिलाई बढाएर २९७ सदस्यीय बनाइएको छ। त्यस्तै पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्‍याइएको छ।

    नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएका छन्। अब उपसभापतिको संख्या चार पुगेको छ। महामन्त्रीको संख्या तीन पुर्‍याउँदै एक महिला महामन्त्री अनिवार्य गरिएको छ।

    त्यसैगरी दुई खुला सहमहामन्त्री थपिएपछि सहमहामन्त्रीको संख्या ११ पुगेको छ। कांग्रेसले संगठनभित्र प्रवक्ता पदसमेत थप गरेको छ भने आवश्यकताका आधारमा सहप्रवक्ताको संख्या बढाउन सकिने व्यवस्था गरिएको जनाएको छ।

    यसअघि १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो भने पदाधिकारीको संख्या १४ थियो। यसपटक महाधिवेशन प्रतिनिधिको संख्या, समावेशी सहभागिता र संगठनको संरचनालाई ध्यानमा राख्दै केन्द्रीय कार्यसमितिको आकार तथा पदाधिकारीको संख्या बढाइएको कांग्रेसले जनाएको छ।

    आजको उम्मेदवारी दर्तासँगै कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ। पार्टीभित्र विभिन्न समूह, पुस्ता र क्षेत्रबाट उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेकाले नयाँ नेतृत्वका लागि हुने प्रतिस्पर्धालाई कांग्रेसको भावी राजनीतिक दिशासँग जोडेर हेरिएको छ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend