Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

१३ प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि, ७ उजुरीमाथि संसदीय समितिको अध्ययन


२०, असोज २०८३
  • 84
    SHARES
  • १३ प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि, ७ उजुरीमाथि संसदीय समितिको अध्ययन

    काठमाडौँ । विभिन्न १३ देशका लागि सरकारले सिफारिस गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ। प्रस्तावित राजदूतहरूको नियुक्ति अघि संसदीय सुनुवाइ समितिले उनीहरूको योग्यता, कार्ययोजना र उनीहरूमाथि परेका उजुरीका आधारमा सुनुवाइ गर्ने भएको हो।

    यसका लागि संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज बस्दैछ। बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी खोलिने तथा समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिनेछ।

    समितिका अनुसार १३ प्रस्तावित राजदूतविरुद्ध ७ वटा उजुरी परेका छन्। तीमध्ये एउटा उजुरी गोप्य रहेको छ भने बाँकी उजुरी सबै प्रस्तावित राजदूतलाई समेटेर अर्थात् ‘कमन’ रूपमा परेको समितिले जनाएको छ।

    उजुरीसँगै प्रस्तावित राजदूतहरूले समितिमा पेस गरेका कार्ययोजना पनि सदस्यहरूलाई वितरण गरिने भएको छ। समितिका सचिव तुलबहादुर कँडेलका अनुसार सुनुवाइअघि प्रस्तावित राजदूतहरूलाई सम्बन्धित मुलुकमा रहेर गर्ने काम र प्राथमिकतासहितको कार्ययोजना पेस गर्न भनिएको थियो। सोहीअनुसार समितिमा कार्ययोजना प्राप्त भइसकेको छ।

    सरकारले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गरेको थियो। जसअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जबरालाई सिफारिस गरिएको छ।

    त्यस्तै जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिस भएका छन्।

    अब संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको कार्ययोजना, योग्यता, अनुभव तथा उनीहरूमाथि परेका उजुरी अध्ययन गरी सुनुवाइ प्रक्रिया अघि बढाउनेछ। १३ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु भएसँगै उनीहरूको नियुक्तिको संवैधानिक प्रक्रिया पनि निर्णायक चरणमा प्रवेश गरेको छ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend