Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मिडियामा सबैभन्दा ठुलो कुरा स्वनियमन र आचारसंहिता हो: सञ्चारमन्त्री शर्मा


२३, साउन २०८०
  • 289
    SHARES
  • मिडियामा सबैभन्दा ठुलो कुरा स्वनियमन र आचारसंहिता हो: सञ्चारमन्त्री शर्मा

    भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यु मिडियाको व्यवस्थापन स्वनियमनबाट नै गर्न सकिने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले सोमबार भक्तपुरमा गरेको न्यु मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले न्यु मिडियालाई स्वअनुशासित गराउने, स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण रहेको भए पनि यसैबाट व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

    न्यु मिडिया पनि मिडिया हो, यसले पनि अगाडि बढ्न खोज्दैछ । हाम्रो समाजमा अहिले जे परिवर्तन आयो । त्यसलाई आत्मसाथ गर्न सकेनौँ भने त डायनोसर बन्ने स्थिति पनि बन्ला’ उहाँले भन्नुभयो, ‘सबैभन्दा ठुलो कुरा स्वनियमन र आचारसंहिता हो । यो नभए कानुन पनि त चाहिएला, त्यसतर्फ सोचौँ ।’

    मन्त्री शर्माले सञ्चार माध्यमले सकारात्मक पक्षको उजागर गर्न आवश्यक रहेको बताउनुभयो । ‘एउटा पत्रकारले बदमासी गर्‍यो  भने सबै पत्रकार बदमास, एउटा राजनीतिज्ञले बदमासी गर्‍यो भने सबै नेता खराब, एउटा कर्मचारीले बदमासी गर्‍यो कर्मचारीतन्त्र सबै खराब हो भन्नेजस्तो देखाइएको छ । हामी अलि बढी नकरात्मक समाचारमा रमाउन थालेका छौँ । नकारात्मक मात्रै छ कि जस्तो भयो । समाजमा सकारात्मक पक्ष पनि छ, त्यसलाई प्रोत्साहन गरौँ ।’ शर्माले भन्नुभयो ।

    काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यमको परिवर्तित अभ्यास, काउन्सिल र सरकारको भूमिका र कामलाई समेत समीक्षा गरी सुझावअनुसार काउन्सिल अगाडि बढ्न तयार रहेको बताउनुभयो । ‘हामीले के गरिरहेका छौँ ? पत्र कस्लाई काट्यौँ ? के कुरामा काट्यौँ वा काटेनौँ ? भन्नेजस्ता विषयमा पनि प्रष्ट सुझाव आओस् ।’ उहाँले भन्नुभयो ।

    कार्यक्रममा न्यु मिडिया र आचारसंहिताको पालनाका चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्दै काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहालले न्यु मिडियालाई पछ्याउनुको विकल्प नरहेको बताउनुभयो । उहाँले न्यु मिडियालाई पत्रकार आचारसंहिता र मूल्य–मान्यताको पालनामा प्रोत्साहित गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    ‘अब पत्रकारलाई राज्य, सरकारले नियन्त्रण गर्न सम्भव छैन । सहजीकरण गरिदिने हो । स्वतन्त्र समाजमा आचारसंहिता पालना र मिडियालाई स्वघोषणा गराउनुपर्छ’ दाहालले भन्नुभयो । पत्रकारलाई नै जिम्मेवारीको विकेन्द्रीकरण गराउन उपयुक्त हुने र काउन्सिलका अबका काम त्यसतर्फ उन्मुख हुनुपर्ने उहाँको सुझाव थियो ।

    दाहालको कार्यपत्रमाथि टिप्पणी गदै वरिष्ठ पत्रकार किशोर नेपालले काउन्सिलको गरिमा अझै बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारितामा राजनीति हाबी हुँदा विकृति बढेको भन्दै पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाउन काउन्सिलको भूमिका फराकिलो बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

    यस्तै वरिष्ठ पत्रकार बबिता बस्नेतले लामो समय पत्रकारितामा बिताएकाहरू समेत नयाँ मिडियामा अभ्यस्त हुन खोजिरहेकाले मिडियालाई पुनर्परिभाषित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मिडियाका यस्ता सवालमा गरिएको सम्पादक संवाद प्रशंसनीय रहेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

    कार्यक्रममा बोल्दै अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले विगतमा रेडियोका पत्रकारलाई पत्रकार नमानिएजस्तो अहिले युट्युबजस्ता माध्यममा पत्रकारिताको अभ्यास गरिरहेकालाई पत्रकार नमान्ने गल्ती गर्न नहुने बताउनुभयो । उहाँले न्यु मिडियालाई मार्गदर्शन गरी स्वनियमनका लागि प्रेरित र सहयोग गर्न जरुरी रहेको औँल्याउनुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, पूर्वअध्यक्ष शिव गाउँले र डाःमहेन्द्र बिष्ट, सम्पादकहरू तीर्थ कोइराला, प्रतीक प्रधान, अमित ढकाल, दिलभुषण पाठक, टिकाराम यात्री, सागर पण्डित, सरिता श्री ज्ञवाली, देविका घर्ती मगर लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

    कार्यक्रमअन्तर्गत मङ्गलबार सामाजिक सञ्जालको उपयोगिता र यसको व्यवस्थापन विषयमा छलफल हुनेछ ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend