Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ग्यास अभाव चुलिँदै, उद्योगबाट सिलिन्डर बिक्री रोक्न बिक्रेता महासंघको माग


२०, असोज २०८३
  • 116
    SHARES
  • ग्यास अभाव चुलिँदै, उद्योगबाट सिलिन्डर बिक्री रोक्न बिक्रेता महासंघको माग

    काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि ग्यास बिक्रेता महासंघ नेपालले तत्काल आपूर्ति व्यवस्थापन सुधार गर्न नेपाल आयल निगमको ध्यानाकर्षण गराएको छ।

    महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै ग्यास उद्योगहरूले गर्दै आएको खुद्रा सिलिन्डर बिक्री तत्काल रोक्न र डिलरमार्फत मात्रै ग्यास बिक्री–वितरणको व्यवस्था मिलाउन माग गरेको हो।

    महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर रहेको र यही कारण ग्यासको वास्तविक आपूर्ति व्यवस्थापनमा समस्या देखिएको दाबी गरेका छन्। उनका अनुसार बजारमा सिलिन्डरको संख्या नियन्त्रण र वितरण प्रणाली व्यवस्थित नगरेसम्म ग्यास अभावको समस्या समाधान हुन कठिन छ।

    महासंघले ग्यासको अभाव भइरहेका बेला केही उद्योगहरूले रु. २ हजार ५ सयदेखि २ हजार ७ सयसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै आपत्ति जनाएको छ। बजारमा पहिले नै पर्याप्त सिलिन्डर रहेको अवस्थामा नयाँ सिलिन्डर बिक्री बढाउनु उपभोक्तामाथि थप आर्थिक भार पार्ने काम भएको महासंघको भनाइ छ।

    महासंघले बजारमा रहेका अनावश्यक सिलिन्डरको धरौटी रकम फिर्ता गरी व्यवस्थापन गर्नुपर्नेमा उल्टै विभिन्न क्षमताका नयाँ सिलिन्डर बजारमा ल्याउने योजना अघि सारिएको भन्दै त्यसको विरोध गरेको छ।

    विशेषगरी ५ किलो, १९ किलो, ५० किलो र ४५० किलो क्षमताका नयाँ सिलिन्डर बिक्री गर्ने योजना उपभोक्ताको हितविपरीत रहेको महासंघको दाबी छ। बजारमा रहेका सिलिन्डरको उचित व्यवस्थापन नगरी नयाँ सिलिन्डर थप्दै जाने हो भने आगामी दिनमा उपभोक्तामाथि थप आर्थिक भार पर्ने चेतावनी महासंघले दिएको छ।

    ग्यास आपूर्तिको व्यवस्थापनमा उद्योग र डिलरबीचको भूमिकालाई स्पष्ट पार्दै डिलर प्रणालीमार्फत पारदर्शी र व्यवस्थित वितरण गर्नुपर्ने महासंघको माग छ। पछिल्लो समय ग्यास अभावका कारण उपभोक्ताले खेपिरहेको समस्या तत्काल सम्बोधन गर्न निगमले प्रभावकारी कदम चाल्नुपर्ने महासंघले जनाएको छ।

    image-32-768x971.png

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend