Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दुर्गा प्रसाईं २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश


२०, असोज २०८३
  • 113
    SHARES
  • दुर्गा प्रसाईं २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

    जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अदालतको आदेशसँगै विद्युतीय अपराध ऐनअन्तर्गत उनीमाथि अघि बढाइएको मुद्दामा तत्कालका लागि हिरासतबाट बाहिरिने बाटो खुलेको छ।

    प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा उनीविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो।

    प्रसाईंमाथि युट्युबमार्फत सांसद खतिवडाको छोराको मृत्यु र सांसद पदसँग सम्बन्धित विषयलाई जोडेर अपमानजनक तथा आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लागेको थियो। उक्त अभिव्यक्तिले व्यक्तिगत प्रतिष्ठामा आघात पुगेको दाबी गर्दै उजुरी परेको थियो।

    अदालतले मुद्दाको सुनुवाइका क्रममा प्रसाईंलाई २ लाख रुपैयाँ धरौटी तोकेर रिहा गर्न आदेश दिएको हो। धरौटीमा रिहा भए पनि मुद्दाको कानुनी प्रक्रिया भने जारी रहनेछ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend