Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसको इतर समूह पनि महाधिवेशनको तयारीमा तीव्र, दशैँअघि क्षेत्रीय अधिवेशन सक्ने दाबी


२२, असोज २०८३
  • 57
    SHARES
  • कांग्रेसको इतर समूह पनि महाधिवेशनको तयारीमा तीव्र, दशैँअघि क्षेत्रीय अधिवेशन सक्ने दाबी

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइरहेका बेला इतर समूहका रूपमा रहेको देउवा पक्षले पनि अलग्गै महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ।

    इतर समूहले १५औँ महाधिवेशनअन्तर्गत हालसम्म करिब ८० प्रतिशत वडा अधिवेशन सम्पन्न भइसकेको र दशैँअघि नै सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने जनाएको छ। नेता किरणराज पौडेलका अनुसार अहिले पालिका तहका अधिवेशनहरू भइरहेका छन्।

    उनले भने, ‘हालसम्म वडाहरूको ८० प्रतिशत अधिवेशन सकेर पालिकाहरूको भइरहेको छ । दशैँअघिसम्म सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न हुनेछ।’

    इतर समूहले आफ्नो छुट्टै महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिकाअनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी गरिएको छ।

    समूहका अर्का नेता गुरुराज बरालले ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत परिचालन भइसकेको दाबी गरे। उनका अनुसार तोकिएकै मितिमा अधिवेशन सम्पन्न गरी पार्टीलाई थप सुदृढ बनाउने तयारी भइरहेको छ।

    तर, कांग्रेसभित्रको विवाद केवल अधिवेशनको कार्यतालिकामा सीमित छैन। पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा संस्थापन र इतर दुवै समूहले आ–आफ्नै प्रक्रियाबाट महाधिवेशन अघि बढाइरहेका छन्।

    नेता बरालले संस्थापन समूहले गर्न लागेको महाधिवेशनप्रति कडा टिप्पणी गर्दै त्यसलाई ‘क्लब’ को संज्ञा दिए। उनले संस्थापन पक्षले पद थपेर नेतृत्व सुरक्षित गर्न खोजेको आरोपसमेत लगाए।

    उनका अनुसार विशेष महाधिवेशनका अगुवाहरू आफू पराजित हुने डरले नयाँ–नयाँ पद सिर्जना गरेर आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न खोजिरहेका छन्। यस्तो अभ्यास लोकतान्त्रिक चरित्रअनुकूल हुन नसक्ने उनको दाबी छ।

    यसैबीच, इतर समूहले पनि आफ्नो संगठनात्मक संरचना निर्माण र अधिवेशन प्रक्रियालाई तीव्र बनाएको छ। बिहीबार काठमाडौं महानगरको नगर अधिवेशनसमेत हुँदैछ।

    सर्वोच्च अदालतमा कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद कायमै रहेका बेला पार्टीका दुवै धारले छुट्टाछुट्टै महाधिवेशनतर्फ अघि बढेपछि कांग्रेसको आन्तरिक विवाद थप पेचिलो बनेको छ। आगामी दिनमा अधिवेशनको प्रक्रिया र अदालतको निर्णयले कांग्रेसको वैधानिक नेतृत्व र संगठनात्मक संरचनाको दिशा तय गर्ने देखिएको छ।

  • अन्तर्राष्ट्रिय मञ्चमा गगनको नयाँ रणनीति : सुजाताको ठाउँमा विनोद चौधरी, कांग्रेसभित्र शक्ति सन्तुलनको बहस चर्कियो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अन्तर्राष्ट्रिय प्रतिनिधित्वमा महत्वपूर्ण फेरबदल गर्दै एसियाली राजनीतिक

  • राजनीतिमा विद्वान गुरुङको नयाँ सन्देश : ‘पद होइन, जनताको घरदैलोमा पुगेर विश्वास जित्ने अभियान चलाउँछौँ’

    पर्वत । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष विद्वान

  • गगन नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक वैधानिकता अद्यावधिक गर्ने प्रक्रिया

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend