Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस महाधिवेशनमा मतदान अझै सुरु भएन, खुलामञ्च र राष्ट्रिय सभागृहमा कडा सुरक्षा


२२, असोज २०८३
  • 37
    SHARES
  • कांग्रेस महाधिवेशनमा मतदान अझै सुरु भएन, खुलामञ्च र राष्ट्रिय सभागृहमा कडा सुरक्षा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदान निर्धारित समय बितिसक्दा पनि सुरु हुन सकेको छैन। निर्वाचन कार्यतालिकाअनुसार दिउँसो २ः३० बजेबाट मतदान सुरु गर्ने तयारी भए पनि आवश्यक प्रक्रिया पूरा हुन नसक्दा मतदानमा ढिलाइ भएको हो।

    मतदानलाई व्यवस्थित र सुरक्षित बनाउन काठमाडौंको खुलामञ्च तथा राष्ट्रिय सभागृह क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। दुवै मतदान केन्द्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

    मतदानस्थल आसपास सुरक्षा निगरानी बढाइए पनि महाधिवेशन प्रतिनिधिलाई समेत हालसम्म खुलामञ्च र राष्ट्रिय सभागृहभित्र प्रवेश गर्न दिइएको छैन। मतदानस्थलमा पत्रकारको प्रवेशमा पनि रोक लगाइएको छ।

    नयाँ नेतृत्व चयनका लागि कांग्रेस महाधिवेशन प्रतिनिधिहरू मतदानको प्रतीक्षामा छन्। मतदान सुरु हुने समय अनिश्चित बन्दै जाँदा प्रतिनिधिहरूमा अन्योल बढेको छ। निर्वाचन समितिले आवश्यक तयारी पूरा गरेपछि मात्रै मतदान प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

  • अन्तर्राष्ट्रिय मञ्चमा गगनको नयाँ रणनीति : सुजाताको ठाउँमा विनोद चौधरी, कांग्रेसभित्र शक्ति सन्तुलनको बहस चर्कियो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अन्तर्राष्ट्रिय प्रतिनिधित्वमा महत्वपूर्ण फेरबदल गर्दै एसियाली राजनीतिक

  • राजनीतिमा विद्वान गुरुङको नयाँ सन्देश : ‘पद होइन, जनताको घरदैलोमा पुगेर विश्वास जित्ने अभियान चलाउँछौँ’

    पर्वत । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष विद्वान

  • गगन नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक वैधानिकता अद्यावधिक गर्ने प्रक्रिया

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend