Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, निर्वाचनको सम्पूर्ण तयारी पूरा


२२, असोज २०८३
  • 210
    SHARES
  • कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, निर्वाचनको सम्पूर्ण तयारी पूरा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहान ७ बजेदेखि सुरु हुने भएको छ। निर्वाचन समितिले मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

    यसअघि बिहीबार नै मतदान गर्ने तयारी रहे पनि मतपत्र छपाइमा भएको ढिलाइ, प्राविधिक तथा व्यवस्थापकीय कारण र साँझबाट मतदान सुरु गर्दा प्रतिनिधिहरूलाई रातिसम्म मतदान प्रक्रियामा बस्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै मतदान शुक्रबार बिहानका लागि सारिएको हो।

    निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालका अनुसार शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान सञ्चालन हुनेछ। उनका अनुसार उम्मेदवार तथा मतदाता संख्या ठूलो रहेकाले मतपत्र छपाइमा अपेक्षाभन्दा बढी समय लागेको हो।

    निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी दिँदै रातिको समयमा मतदान गराउँदा महाधिवेशन प्रतिनिधिलाई असहज हुने भएकाले बिहानबाट मतदान सुरु गर्ने निर्णय गरिएको बताए।

    उनका अनुसार ठूलो संख्यामा मतपत्रमा हस्ताक्षर गर्नुपर्ने भएकाले उनीसहित ३२ जना वरिष्ठ अधिवक्ताहरू मतपत्रमा हस्ताक्षर गर्ने काममा संलग्न छन्।

    शुक्रबारको होटल बसाइ र खानाको खर्च पार्टीले बेहोर्ने

    मतदान एक दिन परेपछि महाधिवेशन प्रतिनिधिहरूको अतिरिक्त बसाइ तथा खानाको खर्चसमेत पार्टीले नै व्यहोर्ने भएको छ।

    आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएकाले शुक्रबार प्रतिनिधिहरूको होटल बसाइ र खानाको खर्च नेपाली कांग्रेसले नै बेहोर्ने जानकारी दिए।

    प्रदेशअनुसार छुट्टाछुट्टै मतदान केन्द्र
    महाधिवेशन प्रतिनिधिहरूलाई मतदानमा सहजता प्रदान गर्न निर्वाचन समितिले प्रदेश तथा समूहअनुसार छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ। निर्वाचन समितिका अनुसार:

    राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’- बागमती प्रदेश खुलामञ्च, मतदान केन्द्र ‘ख’-कोशी प्रदेश तथा तराई-मधेस समूह हिमाल हल-गण्डकी प्रदेश तराई–मधेस हल-मधेश प्रदेश पहाड हल-लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि प्रतिनिधिहरूले आफूलाई तोकिएको मतदान केन्द्रमै पुगेर मतदान गर्नुपर्नेछ।

    परिचयपत्र र मतदाता नामावली रुजु अनिवार्य
    मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिने निर्वाचन समितिले जनाएको छ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदानको अनुमति दिइनेछ।

    निर्वाचन आचारसंहिताअनुसार मतदानस्थलभित्र मोबाइल फोनलगायत निषेधित सामग्री लैजान नपाइने व्यवस्था गरिएको छ। प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पालना गरेर मात्रै मतदान गर्न पाउनेछन्।

    उम्मेदवारीदेखि दाबी-विरोधसम्मका प्रक्रिया पूरा

    १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भइसकेको छ।

    अब शुक्रबार हुने मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। पदअनुसार छुट्टाछुट्टै मतपत्रमा प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ।

    मतदानपछि मतगणना सुरु हुने निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गर्ने जनाएको छ।

    मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ। परिणामसँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ।

    २९७ सदस्यीय केन्द्रीय कार्यसमिति
    १५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिलाई २९७ सदस्यीय बनाएको छ। नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आगामी कार्यकालमा पार्टीको नेतृत्व सम्हाल्नेछन्।

    सभापतिसहित प्रमुख पदहरूमा प्रतिस्पर्धा रहेकाले शुक्रबार हुने मतदानलाई कांग्रेसको नयाँ नेतृत्व चयनका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ। हजारौँ महाधिवेशन प्रतिनिधिको मतदानबाट आउने परिणामले पार्टीको आगामी नेतृत्व, संगठनात्मक दिशा र राजनीतिक प्राथमिकतामा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    अब कांग्रेसको १५औँ महाधिवेशन निर्णायक चरणमा प्रवेश गरेको छ-शुक्रबारको मतदानसँगै नयाँ नेतृत्व चयनको प्रक्रिया औपचारिक रूपमा टुंगोतर्फ अघि बढ्नेछ।

  • अन्तर्राष्ट्रिय मञ्चमा गगनको नयाँ रणनीति : सुजाताको ठाउँमा विनोद चौधरी, कांग्रेसभित्र शक्ति सन्तुलनको बहस चर्कियो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अन्तर्राष्ट्रिय प्रतिनिधित्वमा महत्वपूर्ण फेरबदल गर्दै एसियाली राजनीतिक

  • राजनीतिमा विद्वान गुरुङको नयाँ सन्देश : ‘पद होइन, जनताको घरदैलोमा पुगेर विश्वास जित्ने अभियान चलाउँछौँ’

    पर्वत । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष विद्वान

  • गगन नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक वैधानिकता अद्यावधिक गर्ने प्रक्रिया

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend