Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मेरो नाम जोडिएका उम्मेदवारको सूची आधिकारिक होइन : गगन थापा


२३, असोज २०८३
  • 92
    SHARES
  • मेरो नाम जोडिएका उम्मेदवारको सूची आधिकारिक होइन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार गरिएकोप्रति आपत्ति जनाउँदै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका छन्।

    कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले यसपटक पार्टीमा कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका हुन्।

    उनले आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारहरूको सूचीलाई आधिकारिक समर्थनका रूपमा नलिन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्। साथै, यस्ता सूची र अफवाहको पछि नलागी आफ्नो विवेकका आधारमा निर्णय लिन उनले प्रतिनिधिहरूलाई सचेत गराएका छन्।

    थापाले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै भ्रम, दबाब वा प्रभावमा नपरी पार्टीको हितलाई सर्वोपरि राख्दै स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न आह्वान गरेका छन्। प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

    उनले प्राविधिक कारणले महाधिवेशनको निर्वाचन निर्धारित समयभन्दा एक दिन ढिलो सुरु भएको उल्लेख गर्दै त्यसबाट प्रतिनिधिहरूमा परेको असुविधाप्रति क्षमासमेत मागेका छन्। लोकतान्त्रिक अभ्यासलाई मर्यादित र व्यवस्थित बनाउन सबै प्रतिनिधिलाई संयमित तथा उत्साहपूर्ण ढङ्गले मतदान प्रक्रियामा सहभागी हुन उनको आग्रह छ।

    बिहीबार राति केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूको नाम समेटिएको एउटा सूची सार्वजनिक भएको थियो। उक्त सूचीमा आफ्नो आधिकारिक सिफारिस वा समर्थन नरहेको स्पष्ट पार्दै थापाले प्रतिनिधिहरूलाई भ्रममा नपर्न सन्देश दिएका हुन्।

    कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानका बीच थापाको यो भनाइले उम्मेदवारहरूको नाममा आफ्नो समर्थन रहेको भन्दै प्रचार गरिएका सूचीबारे स्पष्ट सन्देश दिएको छ।

  • अन्तर्राष्ट्रिय मञ्चमा गगनको नयाँ रणनीति : सुजाताको ठाउँमा विनोद चौधरी, कांग्रेसभित्र शक्ति सन्तुलनको बहस चर्कियो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अन्तर्राष्ट्रिय प्रतिनिधित्वमा महत्वपूर्ण फेरबदल गर्दै एसियाली राजनीतिक

  • राजनीतिमा विद्वान गुरुङको नयाँ सन्देश : ‘पद होइन, जनताको घरदैलोमा पुगेर विश्वास जित्ने अभियान चलाउँछौँ’

    पर्वत । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष विद्वान

  • गगन नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक वैधानिकता अद्यावधिक गर्ने प्रक्रिया

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend