Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दसैँअघि श्रमिकलाई एक महिनाको तलब बराबर चाडपर्व खर्च दिन निर्देशन, अटेर गरे कारबाही हुने


२४, असोज २०८३
  • 254
    SHARES
  • दसैँअघि श्रमिकलाई एक महिनाको तलब बराबर चाडपर्व खर्च दिन निर्देशन, अटेर गरे कारबाही हुने

    काठमाडौं । दसैँ नजिकिँदै गर्दा श्रमिकलाई कानुनअनुसार चाडपर्व खर्च उपलब्ध गराउन श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ। चाडपर्व खर्च नपाएको भन्दै श्रमिकबाट गुनासो आउन थालेपछि विभागले कानुनी व्यवस्था कार्यान्वयन गर्न रोजगारदातालाई सचेत गराएको हो।

    श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउनुपर्ने व्यवस्था छ। प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि यस्तो रकम उपलब्ध गराउनु रोजगारदाताको कानुनी दायित्व हो।

    तर, कानुनमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि कतिपय रोजगारदाता तथा प्रतिष्ठानले श्रमिकलाई चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो विभागमा पुगेको छ। त्यसपछि विभागले सबै रोजगारदातालाई कानुनबमोजिमको सुविधा अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको हो।

    विभागले चाडपर्व खर्च नपाएका श्रमिकलाई आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन अनुरोध गरेको छ। श्रमिकले इमेलमार्फत पनि आफ्ना उजुरी, गुनासा तथा सुझाव पठाउन सक्नेछन्। यसका लागि विभागले क्यूआर कोडमार्फत गुनासा पठाउन सकिने व्यवस्था पनि गरेको छ।

    विभागका प्रवक्ता मणिनाथ गोपले केही रोजगारदाता तथा प्रतिष्ठानले चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो प्राप्त भइरहेको जानकारी दिए। उनले कानुनअनुसार श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिइसकिएको उल्लेख गर्दै उक्त व्यवस्था पालना नगर्ने रोजगारदातामाथि श्रम ऐनअनुसार कारबाही गरिने स्पष्ट पारे।

    चाडपर्वका बेला घरायसी खर्च व्यवस्थापन गर्न श्रमिकलाई आर्थिक सहयोग पुग्ने भएकाले कानुनले सुनिश्चित गरेको सुविधा समयमै उपलब्ध गराउन विभागले जोड दिएको छ।

    image-53-539x768.png

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend