Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बूढीगण्डकीले पुल बगाएपछि आरुघाट–धादिङ जोड्न बेलिब्रिज बनाइँदै


२५, असोज २०८३
  • 94
    SHARES
  • बूढीगण्डकीले पुल बगाएपछि आरुघाट–धादिङ जोड्न बेलिब्रिज बनाइँदै

    गोरखा । बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि आवागमन पुनः सहज बनाउन बेलिब्रिज निर्माणको तयारी थालिएको छ।

    गोरखा सडक योजनाका अनुसार बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाबाट ल्याउने प्रक्रिया अघि बढाइएको छ। सामग्री निर्माणस्थलमा आइपुग्नेबित्तिकै काम सुरु गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ।

    गोरखा सडक योजनाका प्रमुख विनोद पुनले बेलिब्रिजका सामग्री हेटौँडाबाट ल्याउने तयारी भइरहेको जानकारी दिँदै सम्भवतः भोलिसम्म सामग्री आइपुग्ने बताए। सामग्री प्राप्त भएपछि निर्माण कार्यलाई तीव्रता दिइने उनको भनाइ छ।

    यसैबीच, बेलिब्रिज निर्माणको तयारीका लागि नेपाली सेनाको टोली पनि कार्यक्षेत्रमा खटिएको छ। रुद्रध्वज गणका गणपति विरोध रिजालका अनुसार निर्माणस्थलको प्रारम्भिक निरीक्षण गर्न सेनाको टोली परिचालन भइसकेको छ।

    बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री उपलब्ध हुनासाथ काम सुरु गरिने सेनाले जनाएको छ। पुल बगाएपछि प्रभावित बनेको आरुघाट–धादिङ आवागमनलाई पुनः सहज बनाउन बेलिब्रिज निर्माणलाई प्राथमिकतामा राखिएको छ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend