Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बागमतीलाई योग, स्वास्थ्य र समृद्धिको नमुना प्रदेश बनाउने मुख्यमन्त्री थापाको घोषणा


२६, असोज २०८३
  • 82
    SHARES
  • बागमतीलाई योग, स्वास्थ्य र समृद्धिको नमुना प्रदेश बनाउने मुख्यमन्त्री थापाको घोषणा

    क्तपुर । बागमती प्रदेशलाई योग, स्वास्थ्य र समृद्धिको नमुना प्रदेशका रूपमा विकास गर्ने लक्ष्यसहित मुख्यमन्त्री किरण थापामगरले ‘प्रादेशिक योगपरिषद्’ निर्माण गर्ने घोषणा गरेका छन्। प्रदेशका नागरिकसम्म योग र स्वस्थ जीवनशैलीको पहुँच विस्तार गर्दै निरोगी समाज निर्माण गर्ने उद्देश्यले परिषद् गठनको तयारी अघि बढाइएको उनले बताएका हुन्।

    पतञ्जली योग समितिले भक्तपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापामगरले योगलाई नागरिकको दैनिक जीवनसँग जोड्दै स्वास्थ्य प्रवर्द्धन र समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिए। उनले योग, शिक्षा, स्वास्थ्य र पर्यटनलाई एकीकृत गरी भक्तपुरलाई विशेष केन्द्रका रूपमा विकास गर्ने योजना पनि अघि सारे।

    भक्तपुरलाई बागमती प्रदेशका १३ वटै जिल्लामध्ये एक नमुना जिल्लाका रूपमा स्थापित गर्ने आधार तयार भइरहेको उल्लेख गर्दै उनले योग र स्वस्थ जीवनशैलीको प्रवर्द्धनले नागरिकको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

    यसैबीच, बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत गठित प्रादेशिक योग समितिका सदस्य तथा पतञ्जली योग समितिका महासचिव डा. नवराज काफ्लेले प्रादेशिक योगपरिषद् निर्माणका लागि आवश्यक प्राविधिक तथा नीतिगत गृहकार्य तीव्र गतिमा भइरहेको जानकारी दिए। परिषद् गठनले प्रदेशमा योगसम्बन्धी गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    कार्यक्रममा संस्थाका संरक्षक बालमुकुन्द सुवाल र पतञ्जली योग समिति नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति सुदर्शन सुवेदीलगायतले योगसाधनाको देशव्यापी प्रचारप्रसार, योगप्रति जनचेतना अभिवृद्धि तथा साधकहरूको सशक्तीकरणमा जोड दिएका थिए।

    प्रदेश सरकारले अघि सारेको प्रादेशिक योगपरिषद्को अवधारणा कार्यान्वयनमा आएमा योगको संस्थागत विकास, स्वस्थ जीवनशैलीको प्रवर्द्धन र स्वास्थ्य सचेतना विस्तारमा सहयोग पुग्न सक्नेछ। तर, यसलाई प्रभावकारी बनाउन परिषद्को स्पष्ट कार्ययोजना, पर्याप्त स्रोतसाधन र स्थानीय तहसम्मको पहुँच सुनिश्चित गर्नु महत्त्वपूर्ण हुनेछ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend