Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दसैँको मुखमा पृथ्वी राजमार्ग ६ घण्टा बन्द हुँदै, हजारौँ यात्रुलाई सास्ती हुने


२६, असोज २०८३
  • 109
    SHARES
  • दसैँको मुखमा पृथ्वी राजमार्ग ६ घण्टा बन्द हुँदै, हजारौँ यात्रुलाई सास्ती हुने

    काठमाडौँ । दसैँ मनाउन घर जाने यात्रुको चाप बढिरहेका बेला पृथ्वी राजमार्ग आज राति ६ घण्टाका लागि बन्द हुने भएको छ। धादिङको गलौँदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण भासिएको सडक मर्मत गर्न आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म राजमार्गमा सवारी आवागमन बन्द गरिने भएको हो।

    धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले सूचना जारी गर्दै गजुरी गाउँपालिका–५ स्थित गलौँदी क्षेत्रमा सडक मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त अवधिमा सवारी आवागमन रोकिने जानकारी दिएकी छन्।

    गत असोज २३ गते शुक्रबार सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। असोज २४ गते दिनभरको प्रयासपछि सडक खुलाइए पनि थप मर्मतसम्भार आवश्यक भएपछि पुनः रातिको समयमा राजमार्ग बन्द गर्न लागिएको हो।

    दसैँको मुखमा देशको प्रमुख राजमार्गमध्ये एक पृथ्वी राजमार्ग बन्द हुँदा यात्रु तथा यातायात व्यवसायीलाई थप समस्या हुने देखिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले दसैँका लागि हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरिसकेको अवस्थामा राजमार्ग बन्द हुँदा आवागमन व्यवस्थापनमा चुनौती थपिने बताए।

    “दसैँको मुखमा हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्, यस्तो अवस्थामा राजमार्ग बन्द हुँदा यातायात व्यवसायीसँगै आम यात्रुलाई समस्या परेको छ,” उनले भने।

    नयाँबसपार्कबाट मात्रै दसैँ मनाउन घर जाने यात्रुको सङ्ख्या उल्लेख्य रहेको तथ्याङ्कले पनि यात्रुको चाप देखाउँछ। नयाँबसपार्क सञ्चालन गर्ने संस्था लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म दुई लाख सात हजार २५१ यात्रु नयाँबसपार्कबाट बाहिरिएका छन्।

    राजमार्ग बन्द हुने समयलाई ध्यानमा राख्दै यात्रुले आफ्नो यात्राको समय व्यवस्थापन गर्न तथा सम्बन्धित निकायबाट जारी हुने सडक र यातायातसम्बन्धी सूचनामा ध्यान दिनुपर्ने देखिएको छ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend