Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ, अदालतबाट सजाय तोकिएका र फरार प्रतिवादी पनि नियन्त्रणमा


२७, असोज २०८३
  • 67
    SHARES
  • काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ, अदालतबाट सजाय तोकिएका र फरार प्रतिवादी पनि नियन्त्रणमा

    काठमाडौँ । काठमाडौँ उपत्यकामा अपराध नियन्त्रण तथा सार्वजनिक शान्ति सुरक्षा कायम गर्न प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन्। सार्वजनिकस्थलमा होहल्ला, दुर्व्यवहार, चोरी, लुटपाट र गुण्डागर्दीजस्ता गतिविधिमा संलग्न व्यक्तिलाई लक्षित गरी सञ्चालन गरिएको अभियानमा अदालतबाट सजाय तोकिएका कसुरदार र फरार प्रतिवादीसमेत पक्राउ परेका हुन्।

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार असोज २६ गतेदेखि २७ गते बिहान ६ बजेसम्म विभिन्न स्थानमा सञ्चालन गरिएको अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये ७६ पुरुष र ११ महिला रहेको प्रहरीले जनाएको छ।

    समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

    उनका अनुसार सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिकस्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुर्व्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि र गुण्डागर्दीजस्ता आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई अभियानको लक्ष्य बनाइएको थियो।

    प्रहरीका अनुसार पक्राउ परेकामध्ये विभिन्न मुद्दामा अदालतबाट दण्ड तथा सजाय तोकिएका नौ जना कसुरदार र चालु मुद्दामा फरार रहेका सात जना प्रतिवादीसमेत छन्। उनीहरूलाई नियन्त्रणमा लिनुले अदालतको फैसला कार्यान्वयन र फरार प्रतिवादी पक्राउ गर्ने प्रहरी अभियानलाई समेत सहयोग पुगेको छ।

    सार्वजनिक सेवा लिने नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउने र सार्वजनिकस्थलमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले यस्ता अभियान सञ्चालन गर्दै आएको छ।

    पक्राउ परेका व्यक्तिमाथि थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।


  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend