Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी विकास कोषको नेतृत्वमा आनी छोइङ डोल्मा, पाँच वर्षका लागि उपाध्यक्ष नियुक्त


२, कात्तिक २०८३
  • 160
    SHARES
  • लुम्बिनी विकास कोषको नेतृत्वमा आनी छोइङ डोल्मा, पाँच वर्षका लागि उपाध्यक्ष नियुक्त

    काठमाडौँ । बौद्ध भिक्षुणी तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। लामो समयदेखि रिक्त रहेको कोषको उपाध्यक्ष पदमा सरकारले डोल्मालाई नियुक्त गर्ने निर्णय गरेको हो।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले डोल्मालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। मन्त्रालयको प्रस्तावअनुसार लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) बमोजिम उनलाई उक्त जिम्मेवारी दिइएको हो। कानुनी व्यवस्थाअनुसार उनको कार्यकाल पाँच वर्षको हुनेछ।

    लुम्बिनी विकास कोष पदाधिकारीसम्बन्धी विनियमावली, २०५८ ले उपाध्यक्षलाई कोषको प्रमुख प्रशासकीय पदाधिकारीका रूपमा समेत परिभाषित गरेको छ। यससँगै डोल्माको काँधमा लुम्बिनी क्षेत्रको विकास, व्यवस्थापन तथा प्रशासनिक कार्यलाई प्रभावकारी बनाउने महत्त्वपूर्ण जिम्मेवारी आएको छ।

    विश्वभर बौद्ध भिक्षुणी तथा गायिकाका रूपमा परिचित डोल्माको नियुक्तिलाई लुम्बिनीको धार्मिक, सांस्कृतिक र अन्तर्राष्ट्रिय पहिचानसँग जोडेर हेरिएको छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण, प्रवर्द्धन र विश्व समुदायमाझ यसको महत्त्व स्थापित गर्ने सन्दर्भमा उनको अनुभव र अन्तर्राष्ट्रिय पहिचान उपयोगी हुन सक्ने अपेक्षा गरिएको छ।

    सन् १९७० मा काठमाडौँमा जन्मिएकी डोल्मा १३ वर्षको उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गरेकी थिइन्। बौद्ध गुरु टुल्कु उर्गेन रिन्पोछेको मार्गदर्शनमा उनले बौद्ध मन्त्र तथा धार्मिक संगीतको अध्ययन गरेकी थिइन्। त्यसपछि उनले बौद्ध परम्पराका मन्त्र र भजनलाई आधुनिक संगीतसँग जोड्दै अन्तर्राष्ट्रिय क्षेत्रमा विशिष्ट पहिचान बनाइन्।

    ‘सिङ्गिङ नन’ अर्थात् गायिका भिक्षुणीका रूपमा प्रसिद्ध डोल्माले धार्मिक संगीतमार्फत नेपाली बौद्ध परम्परालाई विश्व समुदायसम्म पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएकी छन्। उनको संगीतले धर्म, शान्ति र आध्यात्मिक चेतनाको सन्देशलाई अन्तर्राष्ट्रिय श्रोतामाझ पुर्‍याएको छ।

    अब लुम्बिनी विकास कोषको नेतृत्वदायी भूमिकामा रहेर उनले आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचानलाई संस्थागत जिम्मेवारीसँग जोड्नुपर्नेछ। लुम्बिनीको समग्र विकास, सम्पदाको संरक्षण, व्यवस्थापकीय सुधार र अन्तर्राष्ट्रिय प्रवर्द्धनमा उनको कार्यकाल कस्तो रहनेछ भन्ने चासो बढेको छ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend