Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महाअष्टमीमा पनि घर फर्कनेको लर्को, उपत्यका छाड्नेको संख्या झण्डै ५ लाख


२, कात्तिक २०८३
  • 120
    SHARES
  • महाअष्टमीमा पनि घर फर्कनेको लर्को, उपत्यका छाड्नेको संख्या झण्डै ५ लाख

    काठमाडौँ । बडादसैँको महाअष्टमीका दिन आइतबार पनि काठमाडौँ उपत्यकाबाट घर फर्कने यात्रुको चाप उल्लेख्य देखिएको छ। दसैँ मनाउन गाउँघर जाने यात्रुको भीड नयाँ बसपार्कदेखि कलङ्की, बल्खु, कोटेश्वर र गौशालासम्मका प्रमुख क्षेत्रमा देखिएको हो।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार घटस्थापनादेखि हालसम्म ४ लाख ९६ हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन्। दसैँ नजिकिँदै जाँदा घर फर्कने यात्रुको संख्या बढेको हो।

    आइतबार बिहान उपत्यकाबाट बाहिरिने सवारीसाधनको चाप बढी देखिए पनि दिउँसो भने क्रमशः घट्दै गएको सुवेदीले जानकारी दिए। महाअष्टमीसम्म आइपुग्दा उपत्यका छाड्ने यात्रुको संख्या बढेसँगै काठमाडौँका सडकमा सवारीसाधनको चापसमेत कम हुँदै गएको छ।

    दसैँ मनाउन घर फर्कने क्रमसँगै उपत्यकाका प्रमुख सडक, बजार तथा सार्वजनिक स्थानमा चहलपहल घट्दै गएको छ। लामो दूरीका सवारीसाधनमा यात्रुको चाप देखिए पनि उपत्यकाभित्रको आवागमन भने तुलनात्मक रूपमा सहज बन्दै गएको छ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend