Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नवरात्रको रौनक : देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो


४, कात्तिक २०८३
  • 105
    SHARES
  • नवरात्रको रौनक : देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

    काठमाडौँ । शारदीय नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकासहित देशभरका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। तिथि वृद्धि भएका कारण आज पनि महाअष्टमी मनाइँदै गर्दा श्रद्धालुहरू देवी भगवतीको पूजाआजा तथा दर्शनका लागि विभिन्न शक्तिपीठमा पुगेका हुन्।

    नवरात्रका अवसरमा देवीको आराधना, पूजापाठ र दर्शन गर्न भक्तजनको चहलपहल बढेको छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी तथा टोखा चण्डेश्वरीलगायतका शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको हो।

    भक्तजनको सहज दर्शनका लागि विभिन्न देवी मन्दिरलाई ध्वजापताका तथा बत्तीले सजाइएको छ। धार्मिक आस्था र उत्साहका साथ पूजाआजामा सहभागी हुन पुगेका श्रद्धालुहरूले शक्तिपीठमा लाइन बसेर देवीको दर्शन तथा आराधना गरिरहेका छन्।

    उपत्यकाको दक्षिणकाली मन्दिरमा समेत भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। त्यस्तै, देशका विभिन्न जिल्लामा रहेका प्रसिद्ध शक्तिपीठहरूमा पनि बिहानैदेखि पूजापाठ गर्ने श्रद्धालुको चहलपहल बढेको छ।

    गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा, ललितपुरको बगलामुखी, पोखराको विन्ध्यवासिनी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, जुम्लाको चन्दननाथ, डोटीको शैलेश्वरी, डडेलधुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी, नेपालगञ्जको वागीश्वरी, सप्तरीको छिन्नमस्ता तथा राजदेवी, धनकुटाको जाल्पादेवी, धरानको दन्तकाली र बाराको गढीमाईलगायतका धार्मिक स्थलमा भक्तजनले पूजाआजा गरिरहेका छन्।

    हिन्दू धर्मपरम्पराअनुसार शारदीय नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष आराधना गरिन्छ। देवीको उपासना गर्नाले मनोकाङ्क्षा पूरा हुने, शक्ति प्राप्त हुने तथा जीवनमा सुख, शान्ति र समृद्धि आउने धार्मिक विश्वास रहँदै आएको छ।

    नवरात्रको नवौँ दिनलाई धार्मिक दृष्टिले विशेष महत्त्वका साथ लिइन्छ। यस अवधिमा भक्तजनले देवीको दर्शन, पूजापाठ र आराधना गरी परिवार तथा समाजको सुख, शान्ति र कल्याणको कामना गर्ने परम्परा छ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend