काठमाडौँ । भक्तपुरको कौशलटारमा बसमा आगलागी भएको छ। बसको पछाडिबाट धुवाँ निस्किएपछि प्रहरीले तत्काल यात्रुहरूलाई बाहिर निकालेको हो।
भक्तपुर प्रहरी परिसरका डीएसपी दीपककुमार कार्कीका अनुसार बसमा सवार सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। घटनामा सबै यात्रु सकुशल रहेको उनले जानकारी दिए।
बसमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगलागीको कारण र क्षतिको विवरण भने आउन बाँकी छ।