Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बजारमा थुप्रियो, किसान र व्यापारीलाई करोडौँको चिन्ता


११, कात्तिक २०८३
  • 41
    SHARES
  • सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बजारमा थुप्रियो, किसान र व्यापारीलाई करोडौँको चिन्ता

    मुस्ताङ । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउले मुख्य बिक्री सिजन गुमाएको छ । उत्पादन राम्रो भए पनि समयमै बजार पुर्‍याउन नसक्दा किसान र व्यापारीले अपेक्षाअनुसार स्याउ बिक्री गर्न सकेका छैनन् । दसैँको मुखमा सडक खुलेपछि एकैपटक बजारमा स्याउको चाप बढ्दा बिक्री प्रभावित भएको हो ।

    केही महिनादेखि मुस्ताङको स्याउ पोखरा, काठमाडौँलगायत सहरका फलफूल पसल, गोदाम र मण्डीमा थुप्रिएका छन् । स्याउको माग उच्च हुने समयमा सडक अवरुद्ध भएपछि जिल्लामै रोकिएको स्याउ हरितालिक तीज र दसैँको बजारमा समेत पर्याप्त रूपमा खपत हुन सकेन । घटस्थापनाको दुई दिनअघि मात्रै बेनी–जोमसोम सडक सञ्चालनमा आएको थियो ।

    सडक खुलेपछि एकैपटक ठूलो परिमाणमा स्याउ बजारमा पुग्दा बिक्री र मूल्य दुवै प्रभावित भएको व्यापारीहरू बताउँछन् । मुस्ताङमा स्याउको व्यापार गर्दै आएका धादिङको खनियाबाँस गाउँपालिका–३ का व्यापारी राजु तामाङ यसपटक लगानी डुब्ने चिन्तामा छन् । उनले मुस्ताङबाट एक करोड रुपैयाँभन्दा बढीको स्याउ खरिद गरेको भए पनि हालसम्म आधा मात्रै बिक्री भएको बताए ।

    “स्याउ किसानलाई पैसा बुझाइयो, यता स्याउ नबिकेर तनावमा परेको छु”, तामाङले भने, “खै लगानी कसरी उठाउने हो, दसैँ पनि स्याउ बिक्री नहुँदा राम्ररी मनाउन सकिएन ।”

    मुस्ताङको स्याउ एकैपटक बजारमा पुग्दा गोदाम र मण्डी भरिएका छन् । यसले स्याउको खपतमा समस्या हुनुका साथै व्यापारीको लगानी लामो समयसम्म रोकिएको छ । समयमै बजार पुर्‍याउन नसक्दा गुणस्तर घट्ने र स्याउ कुहिएर नोक्सानी हुने जोखिमसमेत बढेको छ ।

    यस वर्ष मुस्ताङमा करिब १० हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । विगतका वर्षमा असोजअघि नै अधिकांश स्याउ बिक्री भइसक्ने गरे पनि यसपटक सडक अवरोधका कारण बिक्री प्रक्रिया प्रभावित भएको हो ।

    स्याउ उत्पादनमा राम्रो सम्भावना देखिए पनि बजारीकरणको समस्याले किसानलाई समेत निराश बनाएको छ । ७०० मेट्रिकटन स्याउ उत्पादन गर्ने लक्ष्य राखेको चिम्ले अर्चार्ड कृषि फार्मका सञ्चालक गुरुङले दसैँसम्म आधा मात्रै स्याउ बिक्री भएको बताए । उनका अनुसार अझै ४० प्रतिशत स्याउ टिप्न बाँकी छ ।

    “दसैँसम्म आधा स्याउ मात्रै बिक्री भएको छ, ४० प्रतिशत स्याउ टिपाइ हुन बाँकी छ”, उनले भने, “स्याउ खपत हुन नसक्दा बढी पाकेर बोटबाटै झरेर नष्ट भइरहेको छ । ४०० टनजति स्याउ कोल्ड स्टोरमा राखेको छु ।”

    गत वर्ष स्याउको बिक्री तथा व्यवस्थापन सहज भए पनि यसपटक मुख्य बिक्री सिजन सकिन लाग्दा किसानको चिन्ता बढेको उनले बताए । समयमै स्याउ बिक्री हुन नसक्दा भण्डारण खर्च बढ्ने र उत्पादनको उचित मूल्य पाउन कठिन हुने अवस्था सिर्जना भएको छ ।

    जिल्लास्तरीय निर्णयअनुसार यस वर्ष छिटो पाक्ने स्याउ भदौ १२ गतेदेखि र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि टिप्न अनुमति दिइएको थियो । सोहीअनुसार हरितालिका तीजको अवसरमा करिब २० प्रतिशत स्याउ बजार पठाइएको थियो । तर, सडक अवरुद्ध भएपछि बाँकी स्याउ समयमै बजार पुर्‍याउन नसकिएको हो ।

    कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार हालसम्म करिब ५० प्रतिशत स्याउ मात्रै पोखरा, काठमाडौँलगायत सहरमा निकासी भएको छ । कार्यालय प्रमुख डा. लालमणि अर्यालले सडक अवरोधका कारण स्याउको बजारीकरणमा समस्या परेको बताए । उनका अनुसार बगैँचामा अझै करिब ४० प्रतिशत स्याउ टिप्न बाँकी छ ।

    मुस्ताङको स्याउ उत्पादन राम्रो भए पनि सडक पहुँचमा आउने अवरोधले किसान र व्यापारी दुवै प्रभावित भएका छन् । समयमै ढुवानी, व्यवस्थित भण्डारण र बजार व्यवस्थापन हुन नसक्दा उत्पादनको लाभ किसानसम्म पुग्न कठिन भएको छ । मुख्य बिक्री सिजनमै सडक अवरुद्ध हुँदा यस वर्ष मुस्ताङको स्याउ व्यापारमा ठूलो चुनौती देखिएको छ ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend