Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हिमपात र हिमपहिरोको जोखिम बढेपछि तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह


११, कात्तिक २०८३
  • 76
    SHARES
  • हिमपात र हिमपहिरोको जोखिम बढेपछि तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

    काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने पूर्वानुमानपछि अध्यागमन विभागले कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ ।

    विभागले मंगलबार सूचना जारी गर्दै उक्त अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा प्रतिकूल मौसमको जोखिम रहेकाले पर्यटक, पदयात्री तथा सम्बन्धित सबैलाई सतर्क रहन अनुरोध गरेको हो ।

    विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह गरेको छ । पदयात्रामा गइसकेका पर्यटकलाई भने जोखिमपूर्ण यात्रा रोक्दै उक्त अवधिभर सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ ।

    विभागले सूचनामा भनेको छ, “कुनै पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति लिएका पदयात्रीले सम्भावित जोखिम न्यूनीकरणको लागि उक्त अवधिभर पदयात्रा नगर्नुहुन तथा पदयात्रामा गइसकेको भए सुरक्षित ठाउँमा रहनुहुन अनुरोध छ ।”

    त्यस्तै, कात्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रका निषेधित क्षेत्रमा जाने पदयात्राका लागि अनुमति जारी नगरिने विभागले जनाएको छ ।

    विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा अन्य सरोकारवालालाई सूचनाको पालना गर्न आग्रह गरेको छ ।

    प्रतिकूल मौसमका कारण हुन सक्ने सम्भावित दुर्घटना र मानवीय क्षति न्यूनीकरण गर्न विभागले पदयात्रा स्थगित गरी सुरक्षित रहन सबैलाई अनुरोध गरेको हो ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend