Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नागरिकताको प्रतिलिपि लिन अब आफ्नै जिल्ला धाउन नपर्ने, जुनसुकै जिल्लाबाट सेवा


१२, कात्तिक २०८३
  • 79
    SHARES
  • नागरिकताको प्रतिलिपि लिन अब आफ्नै जिल्ला धाउन नपर्ने, जुनसुकै जिल्लाबाट सेवा

    काठमाडौं । नागरिकताको प्रतिलिपि लिन अब नागरिकता जारी भएको जिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ । सरकारले सेवा प्रवाहलाई सहज र नागरिकमैत्री बनाउने उद्देश्यले देशभरका जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था लागू गरेको हो ।

    नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ तथा सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । यससम्बन्धी निर्देशन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा पठाइसकेको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै नागरिकता हराएको, आगलागी वा पानीका कारण नष्ट भएको, च्यातिएर प्रयोग गर्न नमिल्ने भएको, नयाँ ढाँचामा प्रतिलिपि आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा जुनसुकै जिल्लाबाट सेवा लिन सकिने जनाएको छ ।

    नयाँ व्यवस्थाले नागरिकता जारी भएको जिल्लाभन्दा टाढा बसोबास गर्ने नागरिकलाई विशेष राहत पुग्ने अपेक्षा गरिएको छ । यसअघि प्रतिलिपि लिन सम्बन्धित जिल्लामै पुग्नुपर्ने हुँदा सेवाग्राहीले समय र खर्च दुवै बेहोर्नुपर्ने अवस्था थियो ।

    काठमाडौं उपत्यकामा भने सेवाग्राहीको चाप व्यवस्थापन गर्न तीनवटै जिल्ला प्रशासन कार्यालयलाई प्रदेशअनुसार जिम्मेवारी बाँडफाँट गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकले सेवा लिन सक्नेछन् । ललितपुरबाट कर्णाली र सुदूरपश्चिम तथा भक्तपुरबाट कोशी र मधेस प्रदेशका नागरिकलाई सेवा उपलब्ध गराइनेछ ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार निवेदकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रहेको अभिलेखसँग मिलेपछि प्रतिलिपि जारी गरिनेछ ।

    तर, प्रणालीमा रहेको विवरण र निवेदनमा उल्लेखित विवरण नमिलेमा, पुरानो नागरिकतामा भएको नाम, थर, जन्ममिति वा अन्य विवरण परिवर्तन गरेर प्रतिलिपि लिन खोजेमा अथवा नागरिकता शङ्कास्पद देखिएमा भने नागरिकता जारी भएको साविककै जिल्लामा सम्पर्क गर्नुपर्नेछ ।

    सरकारको यो व्यवस्थाले नागरिकता प्रतिलिपि प्राप्त गर्ने प्रक्रियालाई सरल बनाउँदै अनावश्यक दौडधुप, समय र खर्च घटाउने अपेक्षा गरिएको छ ।

    image-106-594x768.png

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend