Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आमसञ्चारका तीन पुराना ऐन खारेज गर्ने तयारी, नयाँ एकीकृत विधेयक ल्याउँदै सरकार


१३, कात्तिक २०८३
  • 46
    SHARES
  • आमसञ्चारका तीन पुराना ऐन खारेज गर्ने तयारी, नयाँ एकीकृत विधेयक ल्याउँदै सरकार

    काठमाडौँ । सरकारले नेपालको आमसञ्चार क्षेत्रलाई समयानुकूल, व्यवस्थित र उत्तरदायी बनाउन तीनवटा पुराना ऐन खारेज गरी नयाँ एकीकृत कानून ल्याउने तयारी गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रस्तावित ‘आमसञ्चार विधेयक, २०८३’ लाई सरोकारवालाका सुझाव समेटेर अन्तिम रूप दिने प्रक्रिया अघि बढाएको हो।

    मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका सरोकारवाला र पेसाकर्मीका सुझावलाई समेटेर विधेयकलाई अन्तिम रूप दिइने प्रतिबद्धता व्यक्त गरे। कानून निर्माणमा सम्बन्धित पक्षको सहभागिता र उनीहरूको हित सुनिश्चित गरिने उनले बताए।

    प्रस्तावित विधेयक पारित भएमा छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८, राष्ट्रिय प्रसारण ऐन, २०४९ र श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ खारेज हुनेछन्। यी तीनवटा ऐनलाई प्रतिस्थापन गर्दै आमसञ्चार क्षेत्रका विभिन्न पक्षलाई एउटै कानूनी संरचनाभित्र समेट्ने सरकारको तयारी छ।

    मन्त्री तिमिल्सिनाले नीति तथा कानून निर्माण कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वमा मात्र सीमित हुन नहुने बताए। सञ्चार क्षेत्रसँग सम्बन्धित संस्था, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिताबाट कानून निर्माण गर्दा त्यसको प्रभावकारिता र कार्यान्वयन सहज हुने उनको भनाइ थियो।

    डिजिटल प्रविधिको तीव्र विकाससँगै आमसञ्चार क्षेत्रमा सिर्जना भएका नयाँ अवसर र चुनौतीलाई सम्बोधन गर्न समयानुकूल कानूनी व्यवस्था आवश्यक रहेको उनले उल्लेख गरे। विगतमा पर्याप्त छलफल नगरी कानून निर्माण गरिएको भन्ने गुनासो आउने गरेको स्मरण गर्दै मन्त्री तिमिल्सिनाले यसपटक सबै पक्षलाई आफ्ना धारणा खुला रूपमा राख्ने अवसर दिइएको बताए।

    मन्त्रालयले प्रस्तावित विधेयकको मस्यौदामाथि रचनात्मक तथा आवश्यक सुझाव तिहारअघि नै लिखित रूपमा पेस गर्न सरोकारवाला निकाय र पदाधिकारीलाई आग्रह गरेको छ। प्राप्त सुझावका आधारमा विधेयकलाई परिमार्जन गरी अघि बढाउने सरकारको योजना छ।

    नयाँ एकीकृत कानून निर्माणको तयारीले छापा, प्रसारण र पत्रकारितासम्बन्धी विद्यमान कानूनी व्यवस्थालाई एउटै ढाँचामा समेट्ने प्रयास गरेको छ। तर, विधेयकको अन्तिम स्वरूप, पत्रकारको पेसागत सुरक्षा, सञ्चारमाध्यमको स्वतन्त्रता र डिजिटल सञ्चारको नियमनसम्बन्धी व्यवस्था कस्तो हुने भन्ने विषय भने अन्तिम मस्यौदा र विधायी प्रक्रियाबाट स्पष्ट हुनेछ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend