Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘मेरा हात सफा छन्, आधिकारिकताको लडाइँमा एक सुको पनि लेनदेन भएको छैन’ : गगन थापा


२१, कात्तिक २०८३
  • 113
    SHARES
  • ‘मेरा हात सफा छन्, आधिकारिकताको लडाइँमा एक सुको पनि लेनदेन भएको छैन’ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी संघर्षमा कुनै आर्थिक लेनदेन नभएको दाबी गर्दै आफ्नो नैतिकता र इमानदारीमाथि उठाइएका प्रश्नको कडा प्रतिवाद गरेका छन् ।

    बिहीबार अपराह्न सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको स्पष्ट पारेका हुन् । उनले आफूलाई लक्षित गरेर प्रश्न उठाउनुभन्दा सम्बन्धित विषयमा तथ्य र प्रमाणका आधारमा सही ठाउँमा प्रश्न गर्नसमेत आग्रह गरेका छन् ।

    ‘ढुक्क हुनुहोस्, मेरा हातहरू सफा छन् । गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ,’ थापाले भनेका छन् ।

    प्रहरी हिरासतमा रहेका इनम सापकोटाको नाम जोडेर सार्वजनिक भएको भनिएको अडियोप्रति प्रतिक्रिया दिँदै थापाले त्यसको सत्यतथ्यबारे आफू अनभिज्ञ रहेको बताएका छन् । 

    अडियो कहाँ, कसले, कहिले र कुन परिस्थितिमा बोलेको हो भन्ने नै स्पष्ट नभएको उल्लेख गर्दै उनले त्यसमा बोलिएको हो वा बोलाइएको हो भन्नेसमेत यकिन नभएको बताए ।

    कसैले लगाएको आरोप वा सार्वजनिक भएको अपुष्ट अडियोकै आधारमा आफूले जवाफ दिइरहन आवश्यक नरहेको उनको तर्क छ । तर, सार्वजनिक रूपमा प्रश्न उठेकाले आफ्नो धारणा स्पष्ट पार्नु जिम्मेवारी ठानेर भिडियो सन्देश जारी गरेको उनले बताए ।

    थापाले पार्टीको आधिकारिकताका लागि भइरहेको राजनीतिक तथा कानुनी प्रक्रियामा आर्थिक चलखेल भएको आरोपलाई पूर्णतः अस्वीकार गरेका छन् । ‘हाम्रो पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन भएको छैन,’ उनले स्पष्ट पारे ।

    विशेष महाधिवेशनलाई पार्टीको तल्लो तहका कार्यकर्ताले परिवर्तनको चाहनासहित गरेको विद्रोहका रूपमा व्याख्या गर्दै थापाले त्यसबाट आउन सक्ने परिणामको डरले परिवर्तनको आन्दोलन नरोकिने धारणा राखेका छन् ।

    उनका अनुसार विशेष महाधिवेशन र त्यसपछि विकसित राजनीतिक तथा कानुनी घटनाक्रमको वास्तविकता निष्पक्ष अनुसन्धानबाट बाहिर आउनुपर्छ ।

    आरोप-प्रत्यारोपभन्दा तथ्य र प्रमाणका आधारमा सत्य स्थापित हुनुपर्नेमा उनको जोड छ ।

    ‘हामीले चाहेको राम्रो अनुसन्धान होस् भन्ने हो । अनुसन्धानले दूधको दूध, पानीको पानी छुट्याउँछ । हामी त्यसकै प्रतीक्षामा छौँ,’ थापाले भनेका छन् ।

    सभापति थापाको यो अभिव्यक्तिले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा उठिरहेका आर्थिक लेनदेन र नैतिकताको प्रश्नलाई पुनः बहसको केन्द्रमा ल्याएको छ । अब सार्वजनिक आरोप, अडियोको प्रामाणिकता र समग्र घटनाक्रमको निष्पक्ष अनुसन्धानबाट वास्तविकता स्थापित हुने अपेक्षा गरिएको छ ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend