Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता, संसद्का गतिविधिबारे छलफल


२१, कात्तिक २०८३
  • 73
    SHARES
  • राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता, संसद्का गतिविधिबारे छलफल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ।

    राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषय तथा संघीय संसद्का गतिविधिबारे छलफल भएको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ।

    भेटका क्रममा संघीय संसद्मा विचाराधीन रहेका विधेयक, संसद्को प्रभावकारिता अभिवृद्धि तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे पनि कुराकानी भएको थियो।

    संसदीय कामकारबाही, विधायिकी प्रक्रिया र मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा दुवैबीच विचारविमर्श भएको सचिवालयले जनाएको छ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend