Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्की अदालतमा, सरकारको निर्णयमाथि न्यायिक परीक्षण हुने


२१, कात्तिक २०८३
  • 93
    SHARES
  • आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्की अदालतमा, सरकारको निर्णयमाथि न्यायिक परीक्षण हुने

    काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णय अब सर्वोच्च अदालतको न्यायिक परीक्षणमा पुगेको छ। सरकारको निर्णयविरुद्ध कार्कीले दायर गरेको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएसँगै प्रहरी नेतृत्व परिवर्तनको विवाद अदालतमा प्रवेश गरेको हो।

    सरकारले गत बुधबार कार्कीलाई आईजीपी पदबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा जिम्मेवारी दिने निर्णय गरेको थियो। उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्च अदालत प्रशासनले शुक्रबार रिट निवेदन दर्ता गर्दै आगामी कात्तिक ३० गतेका लागि सुनुवाइको पेसी तोकेको छ।

    कार्कीले आफूलाई आईजीपीबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णय संविधान, प्रचलित कानुन र सर्वोच्च अदालतबाट स्थापित न्यायिक नजिरविपरीत रहेको जिकिर गरेका छन्।

    सरकारको निर्णय बदर गरी आफूलाई पुनः नेपाल प्रहरीको महानिरीक्षक पदमा बहाल गराउन माग गर्दै उनले अदालतको ढोका ढकढक्याएका हुन्। अब सर्वोच्च अदालतको सुनुवाइले प्रहरी नेतृत्व परिवर्तन गर्ने सरकारको अधिकार, त्यसको कानुनी आधार र निर्णय प्रक्रियाको वैधानिकताबारे महत्त्वपूर्ण प्रश्नको निरूपण गर्ने अपेक्षा गरिएको छ।

    यो विवाद केवल एक प्रहरी अधिकारीको पदसँग मात्र सीमित छैन। सरकारको निर्णय प्रक्रिया कानुनी मापदण्डअनुसार थियो कि थिएन भन्ने विषयमा समेत अदालतको परीक्षण हुने भएकाले कात्तिक ३० गतेको सुनुवाइलाई चासोका साथ हेरिएको छ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend