Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ठमेल मात्रै होइन, सिंगो काठमाडौं २४ घण्टा खुला राख्ने तयारी


२२, कात्तिक २०८३
  • 103
    SHARES
  • ठमेल मात्रै होइन, सिंगो काठमाडौं २४ घण्टा खुला राख्ने तयारी

    काठमाडौं । सरकारले ठमेलमात्र नभई समग्र काठमाडौंलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन तथा छलफल अघि बढाएको छ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले शुक्रबार ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको छलफलमा यस विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए।

    उनले ठमेललाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै गैरकानुनी गतिविधि नियन्त्रणमा घरधनी र व्यवसायीको सहयोग आवश्यक रहेको उल्लेख गरे।

    काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय, पार्किङ, फोहोर र ट्राफिक जामलगायत समस्या समाधानका लागि काम भइरहेको जनाएको छ।

    यस्तै, ट्राफिक प्रहरीले स्थानीय र व्यवसायी तयार भए ठमेललाई सवारीसाधन निषेधित क्षेत्र बनाउन सहयोग गर्ने जनाएको छ। प्रहरीले ठमेललाई सुरक्षित र व्यवस्थित बनाउन घरधनी तथा व्यवसायीको सहकार्यमा जोड दिएको छ।

    काठमाडौंलाई २४ घण्टा सञ्चालन गर्ने योजना कार्यान्वयन भए रात्रिकालीन पर्यटन र व्यवसायले थप गति लिने अपेक्षा गरिएको छ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend