Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आज कुकुर तिहार : पूजा, आराधना र मीठा परिकार दिएर कुकुरको सम्मान गरिँदै


२३, कात्तिक २०८३
  • 101
    SHARES
  • आज कुकुर तिहार : पूजा, आराधना र मीठा परिकार दिएर कुकुरको सम्मान गरिँदै

    काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कुकुर तिहार श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। घरको सुरक्षा गर्ने तथा मानिसको विश्वासिलो साथीका रूपमा रहेको कुकुरलाई टीका, माला लगाएर मीठामीठा परिकार खुवाउँदै सम्मान गर्ने परम्परा छ।

    यमपञ्चकको दोस्रो दिन पर्ने कुकुर तिहार यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी तिथि परेको दिन मनाउने धार्मिक मान्यता छ।

    धर्मशास्त्रअनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खुवाउँदा यमराजका द्वारपाल श्याम र सबल नामका कुकुर प्रसन्न हुने र यमलोकको यात्रामा सहज हुने विश्वास छ। धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार कुकुरलाई यमराजको दूतका रूपमा समेत लिने गरिन्छ।

    धार्मिक मान्यताअनुसार महाभारतका पात्र धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्राका क्रममा समेत कुकुरले साथ दिएको थियो। यही विश्वास र कुकुरको स्वामीभक्ति, आज्ञाकारिता तथा सुरक्षामा पुर्‍याउने योगदानको सम्मानस्वरूप यो पर्व मनाउने गरिन्छ।

    आजै नरक चतुर्दशी पनि

    कुकुर तिहारसँगै आज नरक चतुर्दशी पनि मनाइँदैछ। यस दिन बिहान अरुणोदयकालमा नदी, तलाउ तथा तीर्थस्थलमा स्नान गरी तर्पण गर्ने र यमदीप दक्षिण फर्काएर बाल्दै बगाउने परम्परा छ। यसरी दीप बगाउँदा मृत्युपछि नरक जानु नपर्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् गौतमले बताए।

    यमपञ्चकका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत छ। आयुर्वेदिक मान्यताअनुसार यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने विश्वास गरिन्छ। धार्मिक आस्था, प्रकृतिप्रतिको सम्मान र मानव तथा जनावरबीचको आत्मीय सम्बन्ध झल्काउने तिहारको यो पर्वले कुकुरप्रतिको माया र संरक्षणको सन्देशसमेत दिने गरेको छ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend