Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

काठमाडौंमा प्लास्टिकका फूलमालामा प्रतिबन्ध, स्वदेशी फूल बेच्न ३३ स्थान तोकियो


२३, कात्तिक २०८३
  • 54
    SHARES
  • काठमाडौंमा प्लास्टिकका फूलमालामा प्रतिबन्ध, स्वदेशी फूल बेच्न ३३ स्थान तोकियो

    काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। स्वदेशी किसानले उत्पादन गरेका फूलमालाको बजारीकरण र सर्वसाधारणलाई सहज खरिदको व्यवस्था मिलाउन महानगरले काठमाडौंका ३३ स्थान बिक्री केन्द्रका रूपमा तोकेको छ।

    महानगरले तोकेका बिक्रीस्थलमा आज फूलमाला किनबेच गर्नेको चहलपहल बढेको छ। नयाँ बानेश्वर, शंखमुल, बत्तीसपुतली, तीनकुने, चाबहिल, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा, स्वयम्भू, कलंकी, कालिमाटी, हाँडीगाउँ, सामाखुशी, महाराजगञ्जलगायत क्षेत्रमा फूलमाला बिक्रीको व्यवस्था गरिएको छ।

    त्यस्तै भृकुटीमण्डप, लगन, जैसिदेवल, टेबहाल मन्दिर परिसर, गोंगबु, बालुवाटार र माछापोखरीलगायत स्थानमा पनि स्वदेशी फूलमाला खरिद गर्न सकिनेछ।

    नेपाली किसानले उत्पादन गरेका फूलले उचित बजार पाऊन्, आयातित तथा प्लास्टिकजन्य फूलको प्रयोग निरुत्साहित होस् र उपभोक्ताले सहज रूपमा स्वदेशी फूलमाला खरिद गर्न सकून् भन्ने उद्देश्यले वातावरण विभागसँगको समन्वयमा बिक्रीस्थल तोकिएको महानगरले जनाएको छ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend