Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भोटेकोशी विपद्मा शव खोज्न सघाउने ‘ली’ बन्यो वर्षकै सर्वोत्कृष्ट प्रहरी कुकुर


२३, कात्तिक २०८३
  • 58
    SHARES
  • भोटेकोशी विपद्मा शव खोज्न सघाउने ‘ली’ बन्यो वर्षकै सर्वोत्कृष्ट प्रहरी कुकुर

    काठमाडौं । भोटेकोशी बाढीपछि नुवाकोटमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कुकुर ‘ली’ यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर घोषित भएको छ।

    कुकुर तिहारको अवसरमा आइतबार महाराजगञ्जस्थित नेपाल प्रहरी केनाइन कार्यालयले आयोजना गरेको विशेष कार्यक्रममा प्रहरी प्रधान कार्यालयका डीआईजी ओम रानाले ल्याब्राडोर रिट्रिभर जातको भाले कुकुर ‘ली’लाई अवार्ड प्रदान गरे ।

    गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि नुवाकोटमा सञ्चालन गरिएको खोज तथा उद्धार कार्यमा ली परिचालित भएको थियो। उद्धारका क्रममा उसले शव तथा शवका अंग पत्ता लगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको नेपाल प्रहरी केनाइन कार्यालयका प्रमुख एसपी डा. रामचन्द्र सत्यालले जानकारी दिए ।

    उक्त विपद्पछि प्रहरीले खोज तथा उद्धारका लागि लीसहित चारवटा तालिमप्राप्त कुकुर परिचालन गरेको थियो। सबैभन्दा बढी प्रभावित रसुवाको टिमुरे क्षेत्रमा जर्मन शेफर्ड र बेल्जियन शेफर्ड जातका कुकुरसमेत परिचालन गरिएको थियो।

    टिमुरे क्षेत्रमा प्रहरी कुकुर टोलीकै सहयोगमा तीनवटा शव फेला पारिएको खोज तथा उद्धार अभियानका नेतृत्वकर्ता एसएसपी दीप शमशेर जबराले बताए ।

    बाढीपहिरोले पुरिएका घर तथा अन्य संरचनामा समेत कुकुरहरू परिचालन गरिएको थियो। प्रभावित क्षेत्रमा छिटो पुर्‍याउन प्रहरीले हेलिकप्टरमार्फत कुकुरहरूलाई घटनास्थलसम्म लगेको थियो ।

    विपद्का कठिन परिस्थितिमा आफ्नो विशिष्ट क्षमता प्रदर्शन गर्दै मानवीय खोज तथा उद्धारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै लीलाई वर्षकै उत्कृष्ट प्रहरी कुकुरका रूपमा सम्मान गरिएको हो।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend