Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुपादेउराली मन्दिरको भेटीबाट शिक्षकको तलब र गाउँको विकास


२५, साउन २०८०
  • 323
    SHARES
  • सुपादेउराली मन्दिरको भेटीबाट शिक्षकको तलब र गाउँको विकास

    सागर महत,
    अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ७ खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिर पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । प्राकृतिक रुपमा पनि मन्दिर क्षेत्र मनमोहक छ।

    मन्दिरको पूर्वमा खस्ने झरना र खोलाको छङछङ आवाजले त्यो बाटो भएर आवतजावत गर्ने यात्रुको मन लोभ्याउँछ। जिल्लाको मुख्य सडक खण्डमा रहेको मन्दिरको दर्शन अधिकांश यात्रुले झरेर पनि गर्ने गर्दछन ।

    मन्दिर दर्शन गर्न भारतको गोरखपुरबाट आएका दिपान मिश्राले यस मन्दिरको चर्चा भारतका अधिकांश क्षेत्रमा भएकाले आफु सहित साथीहरु दर्शन गर्न आएको बताए ।

    सुपा देउराली मन्दिरमा दिनदिनै बढेको भक्तजनबाट मन्दिरमा मासिक लाखौँ भेटी उठने गरेको छ । मन्दिरमा चढाएको भेटीबाट १० निजी शिक्षक राखेर विद्यालय सञ्चालन गरिएको छ ।

    मासिकरुपमा सन्धिखर्क खाँचीकोटको आदर्श माध्यमिक विद्यालयमा ७० हजार, शीतगङ्गा– २ को शान्ति आधारभूत विद्यालयमा ६२ हजार पाँच सय, सीता आधारभूत विद्यालयमा २१ हजार छ सय र देउराली आधारभूत विद्यालयमा ११ हजार छ सय खर्च हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

    यो बाहेक अन्य गाउँका विकास निर्माणमा पनि खर्च हुने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सबहादुर केसीले बताए । यो बाहेक अन्य गाउँका विकासमा पनि मन्दिरको भेटीबाट खर्च हुने गरेको उनको भनाइ छ । प्राकृतिक रुपमा अत्यन्त रमणीय र शान्त स्थानमा रहेको यस मन्दिरमा मनोकांक्षा पूरा हुने विश्वासका कारण दैनिक ठूलो संख्यामा दर्शनार्थी आउने गरेका छन् ।

    धन कमाउन भारत जानुभन्दा पहिला अर्घाखाँचीका एक व्यक्तिले सुपामाईसँग राम्रो जागिरको लागि प्रार्थना गर्दै भारत गएको र सोही अनुसारको जागिर पाएर धन कमाएको तर फर्केर आउँदा भेटी नचढाइ मन्दिरमाथिको जङ्गलको बाटो हुँदै जान लाग्दा जङ्गलको बीच बाटोमा सुपामाईले पहाडको चट्टानमा ती व्यक्तिलाई टाँसेको किंवदन्ती रहेको मन्दिर संरक्षणको काम गदै आउनुभएका शितगंगा नगरपालिका– २ का भिमबहादुर गुरुङको भनाइ छ ।

    मुख्य पर्यटकीय क्षेत्र बन्दै गएपनि यस क्षेत्रका सडकहरु जीर्ण छन् भने सवारी साधन पार्किङको उचित व्यवस्था हुन नसक्दा समस्या हुने गरेको छ ।यस्तै सुपादेउराली मन्दिर नजिकै रहेको नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रशिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ ।

    मनमोहक दृश्यहरु देख्न पाइने हुँदा रुपन्देही, पाल्पा, दाङ, प्युठान, गुल्मी, कपिलवस्त, नवलपरासी, रोल्पा, सल्यान लगायतका जिल्ला तथा छिमेकी देश भारतबाट धेरै मात्रामा पर्यटक आउने गरेका छन् ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend