Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वडाध्यक्ष डाँगी माहुरीपालन व्यवसायमा सक्रिय


२५, साउन २०८०
  • 139
    SHARES
  • वडाध्यक्ष डाँगी माहुरीपालन व्यवसायमा सक्रिय

    दाङ । विगत दश वर्षदेखि डाँसबहादुर डाँगी माहुरीपालन व्यवसायमा सक्रिय हुनुहुन्छ । उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बङ्गलाचुली गाउँपालिका–४ को वडाध्यक्ष पदमा निर्वाचित हुुनुभएको थियो । 

    उहाँले स्थानीय जातको सेरेना माहुरीलाई व्यावसायिकरुपमा पालन गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो “सेरेना माहुरीलाई जङ्गलबाट खोजेर ल्याउनुपर्छ । पछिल्लो समय करिब डेढ सय घार बनाउन सफल भएको थिएँ । विविध कारणले पनि पछिल्लो समय माहुरीको घार सङ्ख्या घटेको छ ।” 

    वडाध्यक्षमा निर्वाचित भएपछि घरभन्दा जनताका लागि समय दिन थालेपछि माहुरीको घार घट्न पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीति मात्रै गर्दा घरमा बढी समय दिन पाइन्थ्यो तर अहिले जनप्रतिनिधि भएपछि घरभन्दा जनताको काममा बाहिर बढी समय दिनुपर्ने भएको छ । यसले गर्दा घरमा माहुरीलाई समय दिन पाएको छैन ।”

    पहाडी क्षेत्रमा चिउरीलगायतका विभिन्न फलफूलका बिरुवा हुने भएकाले चरणको समस्या नहुने भए पनि माहुरीलाई अरिङ्गाल र बच्छिउबाट बचाउन समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “शून्य घारबाट सुरु गरेको माहुरीलाई बढाउँदै डेढ सयसम्म लगेको थिए, तर राजनीतिमा लागेपछि घरमा समय दिन पाइँदैन यसले गर्दा माहुरी अहिले माहुरीको घार घटेर ५० देखि ६० घार मात्रै भएका छन् ।” 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend