रोल्पा। सुरक्षित गर्भपतन सेवा दुर्गमका बस्तीहरुमा पनि प्रभावकारी बन्दै गएको छ। आईपास नेपालको आर्थिक सहयोग र पास नेपालको सहजीकरणमा नेपालमा सुरक्षित गर्भपतन शुद्धीकरण परियोजना अन्तर्गत रोल्पा जिल्लामा विगत ५ बर्ष अगाडिबाट सुरु भएको उक्त सेवा रोल्पाको थबाङ गाउँपालिकामा प्रभावकारी बन्दै गएको दाबी गरिएको छ।
पहिले सुरक्षित गर्भपतन थाहा थिएन अहिले धेरै सोचाइमा परिवर्तन आएको बताइएको छ । पहिले खुलेर बोल्न पनि नसक्ने र आफ्नो परिचय दिन पनि नसकिने थिए।आईपास नेपालमा जोडिएपछी बोल्न सक्ने,आफ्नो परिचय दिन सक्ने,क्षमता वृद्धि पनि भएको छ भने आमा समूहमा पनि बोल्ने भएको छु सामुदायिक अगुवा थबाङ गाउँपालिका-१ का दिलशान्ती बिकको भनाइ छ।उनले पहिले सुरक्षित गर्भपतन भनेको के हो भनेर नबुझेको र अहिले आईपास नेपाल र पास नेपालमा जोडिएपछि यो रहेछ भनेर बुझेको बताए । पहिले समाजमा गर्भपतन भनेको पाप भएको बुझ्ने गरिए पनि अहिले त्यो बुझाईबाट माथी उठेको समेत उनले बताए । बिकले अहिले आमा समूहहरुमा गर्भपतन पाप होइन भन्ने बुझाई भएको बताउँदै,पहिले समाजले गर्भपतनका लागि सुईहरु पनि लगाउनु हुदैन भन्ने थियो तर अहिले त्यो बुझाईबाट समाज माथि उठेको र गर्भपतन गराउनुपर्छ भन्ने चेतनाको विकास भइसकेको उनले भने ।
पहिलेका बुढापाखामा के थियो भन्दा गर्भपतन गराउनु हुँदैन र त्यो राम्रो होइन भन्ने सोचाइ र बुझाई थियो तर अहिले त्यस्तो छैन मैले आफूले तालिममा सिकेका कुराहरू सिकाउँछु र उनीहरुले पनि सिक्छन् ।अहिले सोचाईमा परिवर्तन आएकोले महिना(महिनामा बैठक बसाल्दै आएको र सुरक्षित गर्भपतनका लागि आमा समूहले पनि के(के गर्नुपर्छ भनेर बुझेको उनीहरुको प्रतिक्रिया छ ।
पहिले समाजले हेर्ने दृष्टिकोणमा सुरक्षित गर्भपतन भनेको पाप हो,पाप गर्नु हुँदैन भन्ने गर्थे र सुरक्षित गर्भपतन गरायो भने कुन जन्मको पाप भोग छ भन्ने खालको बुझाई थियो तर अहिले त्यो गलत रहेछ है भन्ने पास नेपाल र आईपास नेपाल आएपछि समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको बताए ।अहिले वडा कार्यालय र गाउँपालिकाले पनि आफूहरूलाई सहयोग गरेको बताउदै आगामी दिनमा पनि तालिम,अभिमुखिकरण कार्यक्रम गरेर थप प्रभावकारी बनाउन समेत बिकले आग्रह गरे ।
गर्भपतन सेवा सम्बन्धि जनचेतना मुलक कार्यक्रम वडाहरु मार्फत भइरहेको थबाङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तुल बहादुर पुनले बताए।पुनले गत आर्थिक बर्षमा थबाङ गाउँपालिका(१ वडा बाट सञ्चालन भएको थियो भने यो आर्थिक बर्षमा थबाङ गाउँपालिका(४ बाट सम्पन्न भएको समेत जानकारी दिए।जनचेतना मुलक कार्यक्रम मध्ये यो सुरक्षित गर्भपतन सम्बन्धि अभिमुखिकरण तथा बालबिवाह न्यूनीकरण सम्बन्धि कार्यक्रम भएको र यो आर्थिक बर्षमा सबै सरोकारवाला व्यक्तिहरुलाई राखेर कार्यक्रम गरिएको समेत बताए। साथै यसको प्रभावकारिता जनचेतना मूलक कार्यक्रम पालिकाले विगतको दिनमा गर्दै आइरहेको छ ।
थबाङ गाउँपालिकामा बालबिवाह अत्याधिक मात्र देखिएको छ तसर्थ यो कार्यक्रमले प्रभाव कस्तो पा¥यो भन्नका लागि आगामी दिनमा देखिनेछ।जुन घटना क्रम हामीले तुलना गर्छौं भन्दा यो पंञ्जिकरण शाखाको तथ्यांकलाई अध्ययन गरेर वा हाम्रै पनि तथ्यांकलाई अध्ययन गर्ने हो भने पनि गर्भवती हुनेको संख्या र सुत्केरी हुने संख्या कति बर्ष मुनीको आयो वा आएन भन्ने कुरा र अर्को कुरा यो कार्यक्रम पश्चात् सेवा लिने संख्या बढ्नुको साथै आगामी दिनमा घट्दै जाने र आकस्मिक परेको अप्ठ्यारो परिस्थितिमा मात्र सेवा लिएको तथ्यांकलाई अध्ययन गर्दा मात्र थाहा हुन्छ उनले भने।
आगामी दिनमा यो कार्यक्रमलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि थबाङ गाउँपालिका भित्रका ५ वटै वडा कार्यालयले ठूला बजेट विनियोजन नगरे पनि सानोतिनो बजेट विनियोजन गरेर सञ्चालन गर्नुपर्छ र अहिले यो हाम्रो अभिमुखिकरणका लागि पालिकाले आफ्नो तर्फबाट गरिरहेको जुन पास नेपालले राखेको दुईजना सामाजिक परिचालिका हुनुहुन्छ।त्यस्तै थबाङ गाउँपालिकाको ५ वटै वडामा सामाजिक अगुवा छन्।उनीहरुले थबाङ गाउँपालिका भित्रका ५ वटै वडाका आमा समूहहरुलाई सुरक्षित गर्भपतन सम्बन्धि अभिमुखिकरण गर्ने र त्यहाँ भएका किशोर किशोरीहरुलाई बहस छलफल गराउँदै आएको छ ।
वडाका जनप्रतिनिधि अथवा समिति र स्वास्थ्य संस्थासँग आगामी दिनमा सुरक्षित गर्भपतन सम्बन्धि जनचेतना मूलक कार्यक्रम गर्नुपर्छ साथसाथै बालबिवाह न्यूनीकरण गर्नुपर्छ र बजेट विनियोजन गर्नुपर्छ लगायत अवनिएस कार्यक्रममा लागेकोले ढिलै भएपनि सकारात्मक परिणाम दिनेमा आफू विश्वस्त रहेको बताए । अबको दिनमा यो कार्यक्रम सधैंको दिनमा झैँ अहिले आईपास नेपालको आर्थिक सहयोग तथा पास नेपालको सहजीकरणमा र गाउँपालिकाको त्रिपक्षीय समन्वय भइ अगाडि बढिरहेको बताउदै आगामी दिनमा आईपास नेपाल र पास नेपालले सहयोग नगरे पनि नेपाल सरकार र स्थानीय तहले निरन्तरता र सञ्चालन गर्नुपर्ने कुरामा जोड दिए।
अबका दिनमा ५ वटै वडामा सुरक्षित गर्भपतन सेवालाई थप विस्तार गर्ने तयारीमा छौँ जसमा ३ वटा वडामा सेवा विस्तार भइसकेको छ भने ४ वडामा पनि यसै बर्षबाट सुरु हुने समेत बताए।अब ५ वडा सञ्चालन हुन बाँकी रहेकोले पालिकाले त्यति धेरै बजेटको व्यवस्था नगरे पनि थोरै बजेट विनियोजन गरेर पनि सुरक्षित गर्भपतन सेवा विस्तार गर्न सकिन्छ र सधैं सरकारी तथा गैरसरकारी संस्थाहरुले सहयोग नगर्न सक्ने समेत पुनले बताए ।