रौतहट । रौतहटमा छुरा प्रहार गरी एक जना पुरुषको हत्या भएको छ । रौतहटको गौर नगरपालिका–७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
राति १० बजेतिर घर नजिकै खान र छिमेकी शेख साविर बीच सामान्य विवाद हुदाँ साविरले खानको बायाँ छातीमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते खानलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
छुरा प्रहारमा संलग्न साविर लगायत दुईजना फरार भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।