Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

डेंगु संक्रमणमा अछुतो रहेनन् लुम्बिनीका बाह्रै जिल्ला


२६, साउन २०८०
  • 155
    SHARES
  • डेंगु संक्रमणमा अछुतो रहेनन् लुम्बिनीका बाह्रै जिल्ला

    बुटवल । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा डेंगु भाइरसको संक्रमण फैलिएको छ । पछिल्लो समय प्युठानमा पनि डेंगु संक्रमण देखिएसँगै प्रदेशका १२ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको हो ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा ८ महिनाको अवधिमा २ सय १९ जनामा डेंगु संक्रमण देखिएको छ । भने, अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशमा यो संख्या कम मानिएको छ ।

    महाशाखाका अनुसार साउन २४ गते सम्म सवैभन्दा बढि कोशी प्रदेशमा डेंगुको संक्रमण फैलिएको जनाएको छ । त्यहाँ ८ हजार ४ सय २० जनामा डेंगु संक्रमण देखिएको र बागमती प्रदेशमा १ हजार ५ सय ४७, गण्डकीमा ४ सय ८१, सुदुरपश्चिममा ४ सय ४ जनामा डेंगु संक्रमण देखिएको उल्लेख छ ।

    त्यस्तै मधेश प्रदेशमा ५८ र कर्णाली प्रदेशमा जम्मा २८ जनामा डेंगु संक्रमण देखिएको महाशाखाले जनाएको छ । सवैभन्दा धेरै पाल्पामा ५३ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा ५०, गुल्मीमा ५, अर्घाखांँचीमा २०, बाँकेमा २६, कपिलबस्तुमा ८, दाङमा ३३ र बर्दियामा १७ जनामा डेंगु पुष्टि भएको छ । यसैगरी रुकुम पुर्वमा ३, नवलपरासी पश्चिममा ३ तथा रोल्पा र प्युठानमा १/१ जनामा डेंगु संक्रमण देखिएको महाशाखाले तयार पारेको तथ्याङकले जनाएको छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend