Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महामारीजन्य रोगको समयमै रिपोर्टिङ गर्न अस्पताललाई आग्रह


२६, साउन २०८०
  • 166
    SHARES
  • महामारीजन्य रोगको समयमै रिपोर्टिङ गर्न अस्पताललाई आग्रह

    चितवन । जिल्लामा रहेका सरकारी, निजी र सामुदायिक अस्पताल तथा प्रयोगशालाहरूलाई महामारीजन्य रोगको समयमै रिपोर्टिङ गर्न आग्रह गरिएको छ । स्वास्थ्य कार्यालय चितवनले यस्तो आग्रह गरेको हो ।
     
    मौसम परिवर्तनसँगै जिल्लामा डेङ्गु, आँखा पाक्नेलगायतका रोगको तथ्याङ्कलाई छिटो छरितो ढङ्गबाट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन आग्रह गरिएको हो । कार्यालयले आज यहाँ जिल्लाका सरकारी, निजी र सामुदायिक अस्पताल एवं प्रयोगशालाका प्रमुख एवं प्रतिनिधिलाई डाकेर सङ्क्रमण बढ्दो अवस्थामा रहेकाले  छिटो छरितो सूचना सम्प्रेषण गरिदिन आग्रह गरेको हो ।
     
    सो अवसरमा कार्यालयका निमित्त प्रमुख इन्द्रमणि भण्डारीले मलेरिया, डेङ्गु, स्क्रबटाइफस, जापानिज इन्सेफ्लाइटिस, कोभिड जस्ता रोगहरू फैलिइरहेकाले महामारीको रूप लिन सक्ने भन्दै नियमित सूचना दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नियमित रिपोर्टिङले तथ्याङ्क सङ्कलन र विश्लेषण गर्न सहज हुन्छ ।” सरकारी तथा निजी क्षेत्रबाट प्रभावकारी रिपोर्टिङ नहुँदा महामारी नियन्त्रणमा समस्या हुन सक्नेतर्फ उहाँले सचेत गराउनुभयो । उहाँले थप्नुभयो, “रोगको नियन्त्रणसँगै रोकथामका लागि समेत नियमित रिपोर्टिङ आवश्यक छ ।”
     
    अहिले दिइँदै आएको सूचनालाई अझै प्रभावकारी बनाउन सके प्रभावित क्षेत्रको पहिचान र त्यहाँ हुन सक्ने समस्या समाधानमा सरकारको ध्यान पुर्‍याउन सहज हुने कार्यालयका सूचना अधिकारी राम केसीले बताउनुभयो । अहिले हप्ता/पन्ध्र दिनमा तथ्याङ्क र जानकारी आउने गरेको भन्दै  दैनिकरूपमा पठाउन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “समन्वयको कमीका कारण प्रभावितले समयमा उपचार नपाउने समस्या आउन सक्छ ।” अहिलेको समय किटजन्य रोगको समय भएकाले सबै अस्पताल, प्रयोगशालाहरूलाई सतर्कताका साथ तथ्याङ्क समयमा पठाउन उहाँले आग्रह गर्नुभयो ।
     
    निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीले अहिले भइरहेको रिपोर्टिङलाई नियमितरूपमा व्यवस्थित बनाउँदै लैजाने बताउनुभयो । भदौ र असोजमा जिल्लामा डेङ्गुको सङ्क्रमण फैलने गरेको भन्दै उहाँले सबैको सहयोगले मात्र नियन्त्रण सम्भव रहेको बताउनुभयो ।
     
    जिल्लामा हाल उपचारका लागि आएका मध्ये ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ । पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ठेगाना नखुलेका छ र जिल्लाबाहिरका १७ जना रहेको केसीले जानकारी दिनुभयो ।

  • अनसनको तेस्रो दिन इन्टर्न चिकित्सक हरिजनको स्वास्थ्य बिग्रियो, वीर अस्पताल भर्ना

    काठमाडौँ । चिकित्सा शिक्षा आयोगको कार्यालय अगाडि आमरण अनसनमा बसेका एमबीबीएस इन्टर्न चिकित्सक डिल्ली हरिजनको

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend